Skip to content

लक्की तारा

धेरै खुशी लागेको छ साथी पाएको छु

सवालः लक्की तारा

धेरै खुशी लागेको छ साथी पाएको छु
जीवन जिउने बहानामा माया लाएको छु
बाधाहरू आइपर्दा दुवै मिली पार गर्दै
सुख दुःख साथ दिने कसम खाएको छु ।

जे जे र्हेछु सबैले नै तिम्लाई माग्न थाल्यो ।

सवालः लक्की तारा

आफ्नै गाउँ पनि आज नौलो लाग्न थाल्यो
शायद यो ठाउँमा तिम्रो अभाव जाग्न थाल्यो
खै कस्तो के-के हुन्छ मनै बुझ्दैन
जे जे र्हेछु सबैले नै तिम्लाई माग्न थाल्यो ।

उज्यालो छाउन घाम जुन साचेको छु

सवाल – भावना सुब्बा

सुल्ला आकाशको खोजीमा छु
शीतल बतासको खोजीमा छु
अध्यारोमा कति बसौ म
त्यसैले प्रकाशको खोजीमा छु

तिम्रो उल्लासमय वातावरणमा (सवाल जवाफ)

सवालः भावना सुब्बा
तिम्रो अन्तर हृदयको सुस्केरा बुझ्न सकिन त
तिम्रो नयनहरूमा छछल्कीएका आँसु पुछ्न सकिन त
माफ गर मलाई लाचारीको रोगले ग्रस्त बनायो
तिम्रो उल्लासमय वातावरणमा रुझ्न सकिन त

जवाफः लक्की तारा
मेरो अफ्नो भन्नु तिमी मात्रै हौ नि
लाखौ विच गन्ने तिमी मात्रै हौ नि
आश्वासन दिन धेरै आए प्रिया
मर्म बुझ्ने धन्य तिमी मात्रै हौ नि

LuckyTara-BhabanaSubba

घर छाडी टाढा आए (सवाल-जवाफ)

सवाल : लक्की तारा

घर छाडी टाढा आए जंगलको बास
दुनियामा अरु होइन केवल तिम्रो आस
प्रतिभाको धनी प्रिया अझै अघि बड्नु
कमजोर कहिल्यै नहुनु है तिमी भित्र खास ।