सवालः लक्की तारा
आफ्नै गाउँ पनि आज नौलो लाग्न थाल्यो
शायद यो ठाउँमा तिम्रो अभाव जाग्न थाल्यो
खै कस्तो के-के हुन्छ मनै बुझ्दैन
जे जे र्हेछु सबैले नै तिम्लाई माग्न थाल्यो ।
जवाफःभावना सुब्बा
सम्झिरहेमा काममा बाधक बन्न सक्छ
एउटै कुरा लिइरहे मादक बन्न सक्छ
त्यसैको लतले नशा लाग्यो भने
एक दिन पक्कै घातक बन्न सक्छ ।
