सवाल : लक्की तारा
घर छाडी टाढा आए जंगलको बास
दुनियामा अरु होइन केवल तिम्रो आस
प्रतिभाको धनी प्रिया अझै अघि बड्नु
कमजोर कहिल्यै नहुनु है तिमी भित्र खास ।
जवाफ : भावना सुब्बा
हासी खुशी बिताऊ जंगलको बास
सकेसम्म साथ दिन्छु नहुनु उदास
प्रतिभा छैन मात्र अनुरागी सम्झी देऊ
तिमी आयौ साथ दिन कमजोर भयो नास ।
