आउँनु है माया देउरालीछेउमा
आउँनु है माया देउरालीछेउमा बस्नेछु पर्खेर
पोको पारी ल्याउनु है माया दिलभरि बोकेर
सम्झना आँउछ बिगतको अतित आँखामा छाइरहन्छ
बिर्सन खोच्छु बितेका पल झझल्को आइरहन्छ
साथ छोडी गयौ एक्लै पारी अरुकै हात समाई
जिन्दगी बितोस् हरपल तिम्रो खुसीले रमाई
हेर्न म चाहन्न तिमीलाई दु:खमा रोएको
लच्छिन बसोस तिम्रो हातमा ढुंगा छुँदा सुन भएको
