Skip to content

अम्बिका लिम्बु ''आशीष''

AmbikaLimbuAshish

आउँनु है माया देउरालीछेउमा

  • by

आउँनु है माया देउरालीछेउमा बस्नेछु पर्खेर
पोको पारी ल्याउनु है माया दिलभरि बोकेर

सम्झना आँउछ बिगतको अतित आँखामा छाइरहन्छ
बिर्सन खोच्छु बितेका पल झझल्को आइरहन्छ

साथ छोडी गयौ एक्लै पारी अरुकै हात समाई
जिन्दगी बितोस् हरपल तिम्रो खुसीले रमाई

हेर्न म चाहन्न तिमीलाई दु:खमा रोएको
लच्छिन बसोस तिम्रो हातमा ढुंगा छुँदा सुन भएको

नेपाल आमा

  • by

नेपाल आमा हर दिन आसुँ झार्दै रुन्छिन
आफ्ना प्यारा सन्तानहरूको चर्तिकला देखेर
भन्ने आँट पनि गर्दिनन, यस्तो गर्नु हुन्न भनेर
किनकि आफूले जन्माएको सन्तानलाई
यति माया गर्नु हुन्छ, जसको बयान गर्ने शब्द नै छैन

म एक पात्र हुँ

  • by

म एक पात्र हुँ
कुनै एक नाटकको
हरेक दुखमा समाहित हुनु
मेरो मुख्य भूमिका हो
ढुख, सुख.हाँसो खुसी रोदन
आरोह अवरोह यी सबै मेरा
भूमिकाभित्रका कथाहरू हुन्

जाली माया

तिमीलाई पाउन मैले लाखौ कोसिश गरें
कर्म मेरो फुट्या’ रैछ आफू-आफैं जलिरहें

केही कुरा भनौ भन्थें मनमै गुम्सिरह्यो
दुनियाँको कुरा सुन्दा बिछोडिनु पर्यो

देश बिकास

  • by

परदेशको पीड़ा स्वदेसको माया
अस्थाउन नदिनु मात्रुत्वको छायाँ

कल्पनाको महल होइन यथार्थको महल बनाउन
सम्भव थिएन स्वदेशमा त्यो सब थोक कमाउन