यो ठुलो संसारभित्र
मेरो एउटा सानो घर थियो
जुन सानो घरभित्र
एउटा ठुलो शहर थियो
जुन ठुलो शहरभित्र
पुग्ने एउटा रहर थियो
जुन एउटा रहरभित्र
परदेशिने लहर थियो
जुन परदेशिने लहरभित्र
पसिनाको नहर थियो
जुन पसिनाको नहरभित्र
मानव मृत्युको जहर थियो
अम्बिका लिम्बु ”आशिष ”
हाँगुम-१ सिरान टोल पाँचथर
हाल निलाई मलेसिया

जीवन भन्छ ऐना तर
अाफ्नो आकृती
जीवन भन्छ ऐना तर
अाफ्नो आकृती हेर्दा दुःःखी देख्छु ।
जीवन भन्छ उपन्यासको पाना तर
अफ्नो बास्ताविक्ता खोज्दा खाली भेट्छु ।।