नेपाल आमा हर दिन आसुँ झार्दै रुन्छिन
आफ्ना प्यारा सन्तानहरूको चर्तिकला देखेर
भन्ने आँट पनि गर्दिनन, यस्तो गर्नु हुन्न भनेर
किनकि आफूले जन्माएको सन्तानलाई
यति माया गर्नु हुन्छ, जसको बयान गर्ने शब्द नै छैन
तर,
कहिलेकाहीं बिलौना पनि गर्छिन
अनि गहभरि आसुँ झार्दै भन्छिन,
कुन हिमाल, कुन पहाड, कुन तराई
ती सबै मेरा अंगहरू हुन्,
त्यहाँ बसोबास गर्ने सबै मेरा सन्तानहरू हौ.
दाजुभाइमा काटाकाट गरेर
के फाइदा भयो तिमीहरूलाई,
त्यसैले म भन्छु तिमीहरूलाई,
उठ जाग एक जुट भएर अगाडी बढ
सत्रुले सीमा मिचेर आइसक्यो
जसको सामना गर्न हातमा औजार लिएर
क्रान्तिको पाइला सार, क्रान्तिको पाइला सार ।
अम्बिका कुरुम्बांग लिम्बु
हाँगुम-१ पाँचथर |
