कस्तो रैछ कर्मको खेल पनि
बिना वर्षा उर्लियो भेल पनि
डाँडामाथि हावा चलेको
खै कसरी निभाउनु मुटुभित्र आगो बलेको
सीतल छैन बरपीपल छायाँमा
ग्रहण लाग्यो यो चोखो मायाँमा
डाँडामाथि हावा चलेको
खै कसरी निभाउनु मुटुभित्र आगो बलेको
झर्छ आँशु मनमा पीर पारेर
गयौ तिमी नौडाँडा काटेर
डाँडामाथि हावा चलेको
खै कसरी निभाउनु यो मुटुभित्र आगो बलेको
घात गर्यौ यो आत्मा जलाई
बधाई छ निस्ठुरी तिमीलाई
डाँडामाथि हावा चलेको
खै कसरी निभाउनु मुटुभित्र आगो बलेको
अम्बिका लिम्बु ”आशिष ”
हाँगुम-१ सिरान टोल पाँचथर
Ammbika jee kunai bela
Ammbika jee kunai bela kasaile dhokha diyako huna sakchha ko kasailai pani tara man hares vane kahilai khanu hunna manchhe ho ak feri abbase pani affno palo aauchha to dinlai parkhera basnu hola.tapainko geet hru marmik ani manma esparsi vab ka chhan.
bantawa bhojpure