Skip to content


तिमीलाई पाउन मैले लाखौ कोसिश गरें
कर्म मेरो फुट्या’ रैछ आफू-आफैं जलिरहें

केही कुरा भनौ भन्थें मनमै गुम्सिरह्यो
दुनियाँको कुरा सुन्दा बिछोडिनु पर्यो

मेरो ठाउँमा तिम्रो सिउँदो अरु कसैले भरे
मलाइ छाडी पराइ भयौ परसम्म हेरिरहें

कहिलेकाहीं हेरी देउ है दोधारमा परे
कर्म मेरो फुट्यारहेछ आफै जलिरहें

सुन्दै छु म पागल सरी भौतारिन्दै छौ रे
एउटा त्यागी अर्को लिनु तिम्रो आदत भो रे

तिमीलाई पाउन मैले लाखौ कोसिश गरें
कर्म मेरो फुट्या’ रैछ आफू-आफैं जलिरहें

अम्बिका लिम्बु ”आशिष ”
हाँगुम-१ सिरान टोल पाँचथर

1 thought on “जाली माया”

Leave a Reply

Your email address will not be published. Required fields are marked *