अम्बर गुरुङ
फज्लु भैया
फज्लु भैया भन्ने व्यक्तिलाई मैले उनले लगाएको गुनको एउटा ऋण तिर्न बाँकी छ, जो यो जीवनमा अब सम्भव छैन । किनभने, फज्लु भैया अहिले यो संसारमा छैनन् तर पनि बेलाबेलामा विशेष गरी जबजब म सम्मानित हुन्छु, उनको खुबै सम्झना आउँछ र सोच्न थाल्छु कि साधारणभन्दा साधारण मान्छेले कसैको जीवनमा कत्रो प्रभाव पारेको हुँदो रहेछ ।
तर्सिएको मान्छे
विश्वविख्यात फिल्म निर्देशक अल्पेड हिच्कोक जो हरर र सस्पेन्स फिल्मका लागि अद्वितीय थिए । त्यस्तै विषयमा उनले संग्रह गरेको एउटा कथा पढेको थिएँ । संक्षेपमा कथा यस्तो थियो- त्यसबेलाको युरोपको कुनै ग्रामीण ठाउँमा एक पर्यटक दृश्य अवलोक गर्न गएका थिए । घुम्दा-घुम्दा साँझ झमक्क परिसकेको थियो । त्यतिबेला मात्र उसलाई होश आयो कि अब आफू बसेको ठाउँमा कसरी र्फकने अथवा कहाँ बास बस्ने ? अवस्था सोचनीय थियो ।
चिराग तो जलाओ, बडा अन्धेरा है
निकै वर्षअगाडि सुनेको यो गजलको अर्थभन्दा पनि मर्म आजको यो निस्सासिँदो अन्धकारमा बुझ्दा मनमा आत्मग्लानि सोच आउँछ र छटपटी हुन्छ । र, सोच्न थाल्छु-किन हामी आवश्यक परेको बेला मात्र अनावश्यक भनेर फालेका कुराहरूको सम्झना गर्दै पछुतो गर्छौं ? किन हामीले भोगिसकेका भइपरि आउने त्यस्ता संकटहरूका समाधान अघिबाटै गर्ने पहल गर्दैनौं ? आज हामी असह्य भएर भोगिरहेको यो अन्धकार यसै वर्षबाट सुरु भएको समस्या होइन । हामीले यो संकेत अघिबाट पाइसकेका थियौं । तर के गर्ने ?
स्याबास कान्छा-कान्छी!
कान्छाले कान्छीलाई लग्यो
वनको बाटो लाल्टिनै बालेर
स्वर सुहाउँदो स्केल र ६/८ बिट भएको लोकगीत होला, मैले सानो छँदै सुनेको थिएँ । माथिको दुई लाइनबाहेक अरूमा के-के छ, त्यो मलाई थाहा छैन । धेरैलाई सोध्दा अरूहरूलाई पनि थाहा रहेनछ । यसको ट्युन पेन्टाटनिक स्केलमा छ र लाग्छ— यो पहाडवासी नेपाली जनजातिको गीत हो, तर यसको स्वर रचना ‘पुरातन शैली’को लाग्छ । लाल्टिनको आविष्कार भएपछि मात्रै यो गीत रचिएको हुनुपर्छ ।
