Skip to content

उकाली चढ्दा पसिना पुछ्‌ने


उकाली चढ्दा पसिना पुछ्‌ने
तिमी नभए अरु को होला
मर्मलाई बुझ्ने तिमी एक मेरो
तिमी नभए अरु को होला

अरुले मलाई धुत्कारी दिदाँ
मायाले मलाई छातीमा टास्ने
कसैले सोधे को तेरो भनी
जवाफ तिमी बाहेक को होला
तिमी नै सोच मेरो को होला
जंघार तर्न हात समाउने
तिमी नै हौ त्यो अरुको होला
तिमी नभए ठूलो संसारमा
आफन्त भन्नु अरु को होला

लाञ्छना धेरै धेरैले गरे
कतिले अमृत भनी विष घोले
त्यसरी आफ्नो कोही नहुँदा
सहारा तिमी नभै को होला
तिमी नै भन मेरो को होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *