ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न


केटी
ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न
केटा
त्यो तारा मात्र हैन जून पनि झारिदिउँला

केटी
गलगोरु बाँधेर छिटै भेट्न आऊ न
बाटोमा रात पर्ला उज्यालोमै आऊ न
केटा
अँधेरो के हो र मायाप्रीति अघि
पर्खिदेऊ म आउँछु अँध्यारोलाई तोडी

केटी
लौ हिंडी जाऊ त्यहाँ बादल छिनी ल्याउन
बादललाई गाँसेर आँचल बनाइदेऊ न
केटा
लौ हुन्छ बादलको आँचल बनाइदिउँला
छेउछेउमा सुनको जलप लगाइदिउँला

शब्द, संगीत – अम्बर गुरुङ
स्वर – अरुणा लामा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न”

  1. भूलसुधार अनुरोध |
    एडमिन ज्यु, कृपया भूलसुधार गर्नुहोला |

    शब्द – पासांग बांगबल

  2. शब्द गल्तीहरु :
    शब्द गल्तीहरु :

    पहिलो अन्तरामा :
    केटि – गाईगोरु बाँधेर छिटै भेट्न आऊ न |

    दोश्रो अन्तरामा :
    केटि – मै उडी जाउँ कहाँ, बादल लुछि ल्याउ न

    केटा – ,………………………………….
    छेउछेउमा ताराको जलप लगाई दिउँला |

Leave a Reply

Your email address will not be published. Required fields are marked *