ध्रुब सापकोटा

एउटा चराको प्वाँख

  • by

राजकुमार ब्यूँझेर पनि उठेको छैन । सिरकले गुटुमुटिएर ओछ्यानमा नै पल्टिरहेको छ । अघिसम्म ओछ्यानको भित्तापट्टि श्रीमती थिई । हत्तारिएर उठी । सुट लगाई । ऐनामा हेरी । आकर्षक देखिई ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गोप्य सूचना

मसँग अहिले एक लाख छ । त्यो एक लाख मेरो होइन अर्काको हो । त्यो अर्को व्यक्ति मरिसकेको छ । त्यो रकम पचाउन मसँग तर्कहरू छन् । म भन्नसक्छु, यो देशमा इमानदार मान्छे को छ र मैले हुनुपर्ने । त्यसमाथि यो रकमको मालिकको मृत्यु भइसकेको छ । कुनै लिखत पनि छैन । तर्कभन्दा पनि यसलाई कुतर्क भन्नुपर्ला । मेरो आसय अहिले अर्कै छ । म कुतर्क झिकेर रकम पचाउने कसरत गर्ने पक्षमा छैन । अहिलेसम्म सोझो बाटो हिँडेर आएको छु । अहिले म बाङ्गो बाटो हिँड्न चाहन्न । सोझो बाटो हिँड्दा कतै पुगिँदैन भने पनि मलाई पछुतो हुने छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अल्पायु

उसको पेटमा नंग्राहरू सल्बलाइरहेका छन् । ती नंग्राहरू चिथोर्नका लागि कमलो भाग खोजिरहेका छन् । उसको मनमा खैलाबैला मच्चिएको छ । जीवनको एउटा परिच्छेदमा धक्का लागेको छ । जीवनको निरन्तरतामा प्रश्नचिह्न लाग्ने आशंका बढेको छ । शारीरकि रूपले ऊ अहिले निष्क्रिय बनेको छ । नंग्राहरू विध्वंशको तयारीमा जुटेका छन् । के उसको अस्तित्व संकटमा छ ?
ऊ अहिले सुत्ने कोठामा छ । ऊ अहिले खाटमा उत्तानो परेर सुतेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मरेको मान्छेको नाममा खानेहरू

  • by

लेखनाथ कागजमा मरेको छ । उसको मृत्युको, प्रमाणपत्र घरमा राखिएको छ । व्यवहारमा भने त्यस्तो छैन । लेखनाथ ज्यूँदै छ । मेरो सामुन्नेमा बसेको छ । मलाई उसको नाम सम्झन गाह्रो भयो । अनुहार सम्झन गाह्रो भएन । मैले लेखनाथलाई आˆनो बैठक कोठामा बोलाएँ ।

-म लेखनाथ । चिन्नुभएन ? लेखनाथले भन्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मृत सहर

  • by

ऊ ठिङ्ग उभिएको छ। सहरको पुछारमा छ। ऊ आफ्नो स्थान खोजिरहेको छ। ऊ यहाँसम्म एक्लै आइपुगेको छ। आफ्नो स्थान पाइरहेको छैन। त्यसैले एक्लै सहरलाई हेरिरहेको छ।

‘यता आऊ। मलाई ढोग। मलाई पुज। मलाई माया देऊ। मेरो आरती उतार। मेरो आराधना गर। म एक्लो भएँ। म नितान्त एक्लो भएँ।’ मन्दिरको देवता करूण क्रन्दन गर्छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जुजुमानको अन्तरकथा

  • by

छिमेकीको मृत्युमा घाटसम्म नगएको चोटि पुरिएको थिएन। छिमेकीहरू नै त्यसलाई ताजा बनाइरहेका थिए।

‘तपाईँ त घाटमा देखिनुभएन ?’ तिनीहरू प्रश्न गर्थे। ऊ बहाना बनाउँथ्यो। तिनीहरू उसका कुरा सुन्थे। उसले बहाना बनाउन छोडेको थिएन। तिनीहरू प्रश्न गर्न पछि परेका थिएनन्। त्यो चोट निको हुनुको सट्टा पश्चात्ताममा उक्लिएको थियो। यो कष्ट भोग्ने ऊमात्र थियो। उसको कष्ट कसैले देखेको थिएन। गल्ती थियो। निर्णय लियो, अबदेखि म कुनै पनि हालतमा गल्ती गर्दिनँ, यही समयमा दुर्घटनाको खबर आयो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ब्रह्मनाल

  • by

हामीहरू हलमा बसेमा छौ । हामीहरू दुःखित छौ । हामीहरू चिन्तित छौ । हामीहरू निराश छौ । हामीहरू किर्ंकर्तव्यविमूढ छौ । हामीहरू बसेको हलमा मधुरो उज्यालो छ । त्यस उज्यालोमा एक अर्कालाई देख्न सकिन्छ । उज्यालाका आवाजहरू कम हुदै गएका छन् । अ“ध्यारोका आवाजहरू बज्न थालेका छन् । अध्यारोका आवाजहरू छरिन थालेका छन् । अ“ध्यारोका आवाजहरू सुनिन थालेका छन् । वस्तुहरूको आफ्नो आकार हराउ“दै गएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बम कि आत्महत्या!

  • by

म साइबर क्याफेमा छु । प्रत्येक दिन दर्ुइ बजे म साइबर क्याफेमा प्रवेश गर्छर्ुु आफ्नो मेल खोल्छु । मेरा लागि यो नशाजस्तै भएको छ । अखबारको नशाजस्तो । समाचारको नशाजस्तो । चुरोटको नशाजस्तो । म एउटै क्याफेमा केन्द्रित छैन । मान्छेको कम चहलपहल भएको ठाउ“ खोज्छु । पाउ“दिन“ । जताततै युवकयुवतीको भीड देख्छु । यिनीहरू कलेज खोजिरहेका छन् । पढ्ने र कमाउने खोज यिनीहरूको छ । यिनीहरू अमेरकिा खोजिरहेका छन् । क्याफेको संसारमा प्रवेश गरेपछि लाग्छ- देशका सारा युवापुस्ता खासगरी सहरी पुस्ता यो देशबाट बाहिरनि चाहिरहेको छ । म अस्पताल जान्छु । रोगीको भीड देख्छु । मलाई लाग्छ, यस देशका सारा मान्छे कुनै न कुनै रोगले ग्रस्त छन् । म घाटमा जान्छु । मर्ुदाहरू जलाउन घाटमा लाइनमा राखिएको छ । मलाई लाग्छ, हामीकहा“ मृत्युदर बढी छ । म जुलुसको नजिक पुग्छु । मलाई लाग्छ- मान्छेहरू नारा लगाउनुलाई नै मुख्य काम बनाइरहेका छन् । लाग्नु र यथार्थबीच धेरै अन्तर छ र पनि लाग्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रूप र गुण

  • by

ऊसँग चार विकल्प थिए । एक, दसवर्षे गृहयुद्धका कारण जर्जर भएको ठाउँमा जाने । दुई, पाँच वर्षदेखि पानी नपरेका कारण एक चौथाइ मात्र जीवित रहेका प्राणीहरूको रक्षा गर्ने । तीन, एड्सको चपेटामा परेका ५० प्रतिशत जनताको उद्धार कार्यमा जुट्ने । चार, संसारको सबभन्दा गरबि ठाउँमा जाने र त्यहाँका आतङ्क र असुरक्षाले चपाइएका मान्छेको सेवा गर्ने ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शब्द

  • by

छोरा बोलेन । आँगनमा बोलेन । ओछ्यानमा बोलेन । भान्छामा बोलेन । फूल देखाउँछु । बोल्दैन । बिरालो देखाउँछु । बोल्दैन । जोगी देखाउँछु । बोल्दैन । मान्छे देखाउँछु । बोल्दैन । देउता देखाउँछु । बोल्दैन । उज्यालो देखाउँछु । बोल्दैन । अँध्यारो देखाउँछु । बोल्दैन । दूध देखाउँछु । बोल्दैन । भात देखाउँछु । बोल्दैन । सर्प देखाउँछु । बोल्दैन । उसको लाटोपनले म दिक्क भएको छु । उसको क्षय भएको बालशक्तिले गर्दा मेरी श्रीमती दिक्क भएकी छे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काल्पनिक संवाद

  • by

कमान्डर उसको सामुन्नेमा थियो । त्यसैले फौजी शैलीमा सलाम ठोक्यो । उसले टाउको मात्र हल्लायो ।
“तिमी हो अहिलेको कमान्डर -” उसले प्रश्न गर्‍यो ।
“हजुर सर †” त्यसले जवाफ दियो । “तिमीहरू कति जना छौ यहा“ काम गर्ने -” उसले प्रश्न गर्‍यो ।
“१७ जना ।” कमान्डरले जवाफ दियो ।”तिमीहरूको काम के हो -” उसले प्रश्न गर्‍यो ।
“यो अफिसको सुरक्षा गर्ने ।” कमान्डरले जवाफ दियो । “तिमीहरूले पटक्कै गरेका छैनौ । तिमीहरू तलब मात्र खान्छौ ।” उसले भन्यो ।
“त्यो त होइन हजुर †” कमान्डरले भन्यो । “किन होइन – यो अफिसको दोहोरो सुरक्षा घेरा थियो । त्यो एउटा सुरक्षाको घेरालाई बल पुर्‍याउन अर्को सुरक्षा घेरा । पहिले का“डेतार चारैतिर थियो । त्यसलाई बल पुर्‍याउन विशाल ढुङ्गाको पर्खाल । यो कुरा तिमीलाई थाहा छ कि छैन -” उसले प्रश्न गर्‍यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

यथावत्

  • by

ऊ बसबिसौनीमा आइपुगेको थियो । बाटो छोटो तर कष्टकर भएकाले यहाँसम्म आइपुग्दा ऊ थकित थियो। पसिनाले उसका कपडा निथ्रुक्क भिजेका थिए। ऊ बसको काउन्टरमा उभिएको थियो।
‘बस कुन बेला जान्छ?’ उसले प्रश्न गर्‍यो।
‘एक घन्टापछि।’ कर्मचारीले जबाफ दियो।
‘यतिका बेर पर्खन्छ?’ उसले प्रश्न गर्‍यो।
‘समय नै त्यही हो।’ कर्मचारीले भन्यो।
‘यो त दिक्कलाग्दो भयो।’ उसले भन्यो।
‘यस्तो ठाउँमा धन्न बस चलाइएको छ, खुसी मान्नोस् न।’ त्यसले भन्यो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •