नभेटिए जाती भन्दाभन्दै कुनै सुदूर टापुमा र त्यसको एकान्तमा तिमी भेटिएका छौ । उस्तै छौ तिमी गुलाफी तिम्रो ओठ उस्तै छ चाक्लो फराकिलो निधारमाथि कालो गुलाफ जस्तो केशराशि उस्तै छ
म देखिरहेछु
निर्वस्त्र नाङ्गा छन्
मेरा प्रियजनहरू
यो कारुणिक दृश्य देखिनसक्नु छ
र पनि देख्न बाध्य छु
मेरा प्रियजनहरूका
शरीर मात्र नाङ्गा छैनन्
मेरा प्रियजनहरूका
पेटहरू पनि नाङ्गा छन्
र, मनहरू पनि