Skip to content

म देखिरहेछु
निर्वस्त्र नाङ्गा छन्
मेरा प्रियजनहरू
यो कारुणिक दृश्य देखिनसक्नु छ
र पनि देख्न बाध्य छु
मेरा प्रियजनहरूका
शरीर मात्र नाङ्गा छैनन्
मेरा प्रियजनहरूका
पेटहरू पनि नाङ्गा छन्
र, मनहरू पनि

म देखिरहेछु
निर्वस्त्र, नाङ्गा छन्
सेवक भनाउँदा मेरा मालिकहरू
म तिनीहरूको पेटभित्र
सिङ्गो देश देखिरहेछु

बालकहरूले आँखा खोल्ने पाठशालाहरू
बृद्धहरू सुस्ताउने चौतारीहरू
गाउँसम्म पुग्ने बाटो
खेतसम्म पुग्ने कुलो

निर्वस्त्र, नाङ्गा
मेरा मुलुकका विद्वत्जनहरू
निरन्तर झुकिरहेका तिनका शिरहरू
अग्ला कर्ुर्ची चढ्न नपाएका तिनका पीरहरू

निर्वस्त्र छन् ती
पण्डित्याइँका धर्ूतताहरूबीच
निर्वस्त्र छन्

म नाङ्गाहरूबाट वेष्ठित छु
झन् नाङ्गो छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *