Skip to content

मोहन चापागाईं

सौतिनी बाटो

सौतिनी आमा, सौतिनी बाबु, सौतिनी पेच, सौतिनी डाहा, सौतिनी माम्लो सर्वत्र सुनिएको हो। चिरपरिचित शब्द सुनेकै अनि बुझेकै पनि हो। तर, सौतिनी बाटो- सुन्दा पनि अचम्म? नयाँ शब्दैजस्तो, नयाँ कौतूहल नै सलबलाएजस्तो।

मुगुमा रमाएको मन

  • by

म मेलुङको मान्छे, मुगुको मुटु सुम्सुम्याउने मेरो अभीष्ट त्यत्तिकै मृत थियो । यामहरू आउँथे । यामहरू थाहै नपाई बित्थे । म भने मुगु पुग्ने मनभरिको इच्छा पालेर भौँतारिरहेको हुन्थेँ । मुगुसँग मायाप्रीति गाँस्ने र राराको रमैलोमा रम्ने मेरो अभिलाषा अतृप्त नै थियो ।