Skip to content

शरण आँसु

दु:खै दु:खको आँधीले चुटे पनि

दु:खै दु:खको आँधीले चुटे पनि
खुशी थिएँ म तिमीले लुटे पनि !

पिरतीमा यस्तै चलन हुँदो रहेछ
हाँसी दिन्थें म तिमीले कुटे पनि !

पिरती यो मुटु भित्र फुली रहेछ
तिमी सित जुनी जुनी छुटे पनि !

नेपाल, तिम्रो सेवा गर्छु म

नेपाल, तिम्रो सेवा गर्छु म
ओठमा लाली मुस्कान छर्छु म !

ज्योति जगाई सबको मनमा
हरपल तिम्रो पीर हर्छु म !

जति बिघ्न वाधा आई परे नि
कर्तव्य पथको नदी तर्छु म !

छ कि फूलभित्र पत्थर

छ कि फूलभित्र पत्थर- नसोध
बेघर छु प्रिय ! भो, घर नसोध !

उदास मेरो एक्लो जीवनमा
छ कि क्यै सुनौलो खबर नसोध !

माया छ छातीमा गाम-बेसीको
म जस्तो मान्छेको शहर नसोध !

हे प्राणदायिनी

हे प्राणदायिनी ! ममतामयी हे नेपाल आमा,
झन्डा हाम्रो फर-फर पार्छौं रक्त सीमा सीमामा !

आमा ! तिमी स्वतन्त्र, शान्त, हिमशैल सुशोभित
कलकल सरिता लेक र बेसी, मधेश पियुष सिंचित !

प्यारो सहिदको नासो नेपाल प्यारो, लोकतन्त्र प्यारो
हाम्रै मेची र काली प्यारो, हाम्रै लालीगुराँस प्यारो !

नया देशभित्र मेरो गाम खोज्नु छ

नया देशभित्र मेरो गाम खोज्नु छ
भारि तारी बिसाउने ठाम खोज्नु छ !

जन्म जन्म बराजुको दास भइयो
आफ्नै माटो भित्र अब काम खोज्नु छ !

फेरि रातो किताबमा के के लेखियो?
छ कि छैन गरिबको नाम खोज्नु छ !

मेरो बाटो

मेरो बाटो हेर्दा हेर्दै साँझ ढल्यो कि
आमा, तिम्रो स्नेह सुधा मुटु जल्यो कि !

संघारैमा परे पनि अँधेरीको छाया
रातैभरि मझेरीमा दियो बल्यो कि !

फैलाएर फेरि पनि कालो पखेटा