Skip to content

पोखरा आवाज

प्रथम शहिद लखन थापा र शहिद घोषणा नभएका ती गुमनाम योद्धाहरू

सबैभन्दा खतरनाक हुन्छ
मुर्दा शान्तिले भरिनु
कसैलाई छटपटी नहुनु
सबै सहनु
घरबाट काममा निक्लनु
र कामबाट खुरुखुरु घर फर्कनु
सबैभन्दा खतरनाक हुन्छ
हाम्रा सपनाहरूको मृत्यु हुनु ।

image

नागरिकको सुरक्षा खै ?

संसारमा मुख्यत:दुइ थरि लैङ्गिक अवस्था भएका मानिस छन् । महिला र पूरुषलाई भिन्न लिङ्गको रुपमा हामी चिन्ने गर्दछौँ । तर “हृदयको बारूद “नामक आफ्नो किताबको “के तपाईको आमा,दिदि-बहिनी छैनन् ?

समयको शिशिरमा शीत भै खस्न सक्छु

समयको शिशिरमा शीत भै खस्न सक्छु
समयकै जहरले तिमीलाई डस्न सक्छु !

समय नि यति सार्है रोकिएर बग्यो भने
समयकै रहरले तिमीलाई कस्न सक्छु !

सपनीमा आज पनि धेरै बर्बराई रहें
नजाने यो अँधेरीकै समयमा पस्न सक्छु!

मान्छेभित्र मायाँ राख्ने मन छैन आजभोलि

मान्छेभित्र मायाँ राख्ने मन छैन आजभोलि
मनभित्र हरियाली वन छैन आजभोलि!

मागी खाने भाँडो बोकी हिंडेका छन् मान्छेहरू
कुबेरको घरमा पनि धन छैन आजभोलि!

नेपाललाई सुन्नु पर्यो

नेपाललाई सुन्नु पर्यो
तिनलाई दुख्दा रुनु पर्यो!

नेपाललाई पिरतीको
पियुषले धुनु पर्यो !

दासताको दाम्लो अब
सबै मिली फुनु पर्यो !

नालापानी सम्झिएर
सुनपानी छुनु पर्यो !

मायाँ त्यो अधुरो वीचमै तोडौं नभन

मायाँ त्यो अधुरो वीचमै तोडौं नभन
जिन्दगीको बाटो अब मोडौं नभन !

लाए पछि नौलो मायाँ, नौलो पिरती –
पुरानो मायाँको कुरा त्यो छोडौं नभन!

सम्झनाका झारहरू उम्रे ठीकै छ –
छुट्टाछुट्टै मनको बारी गोडौं नभन!

छ कि फूलभित्र पत्थर

छ कि फूलभित्र पत्थर- नसोध
बेघर छु प्रिय ! भो, घर नसोध !

उदास मेरो एक्लो जीवनमा
छ कि क्यै सुनौलो खबर नसोध !

माया छ छातीमा गाम-बेसीको
म जस्तो मान्छेको शहर नसोध !

नया देशभित्र मेरो गाम खोज्नु छ

नया देशभित्र मेरो गाम खोज्नु छ
भारि तारी बिसाउने ठाम खोज्नु छ !

जन्म जन्म बराजुको दास भइयो
आफ्नै माटो भित्र अब काम खोज्नु छ !

फेरि रातो किताबमा के के लेखियो?
छ कि छैन गरिबको नाम खोज्नु छ !

मेरो बाटो

मेरो बाटो हेर्दा हेर्दै साँझ ढल्यो कि
आमा, तिम्रो स्नेह सुधा मुटु जल्यो कि !

संघारैमा परे पनि अँधेरीको छाया
रातैभरि मझेरीमा दियो बल्यो कि !

फैलाएर फेरि पनि कालो पखेटा