शरण आँसु

गोरखा जाने बस

यति खेर
म गोरखा जाने बसभित्र छु।

यो बस पार्कको प्रस्थान बिन्दुमा
मेरो मातृबसको हर्न बज्छ,
अनि
म सम्झन्छु –
धुन तुरुरुँ, धुन तुरुरुँ शैलीमा बजिरहने
लाटो दमाईंको नरसिंहा ।

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

ताल पोखरा

जून पोखिएको धुलाम्मे बाटोमा
मन पोखियो

सोचें-
किन वर्षौं देखि यो जूनको प्रतिच्छाया
धुलै धुलोमा खस्न विवश छ ?

किन
यो समय लेखिरहन्छ –
धुलोको कविता ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रेलै रेलैमा

यो रात पनि कति लामो ओ भैरहवा !
रातभन्दा लामो बाटो,
बाटोभन्दा लामो झन् तिम्रो सम्झना !

मिर्मिरेमा तिमीलाई भेट्न आएँ म
पिरतीको तीर्खा सबै मेट्न आएँ म
रुपै तिम्रो झललल ए ..ए भैरहवा
मुटुभन्दा प्यारो मलाई तिम्रो सम्झना !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कविताको नाममा त्रासदी

नयाँ वर्षका गीतहरू गाउँदै उड्दै आएका
एक हुल चराहरुको बीचैबाट
फेरि खस्नेछ उल्का र
डढाइजानेछ
मेरो मस्तिष्कको हाइपोथ्यालामस

मबाट हराइजानेछ
दृष्टिकोण
र विलाइजानेछ – चेतना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हिउँचुलीलाई

हिउँचुली !
म यी स्वप्नील प्रेमका हरफहरूमा तिमीलाई लेखिरहन्छु

तिम्रो हृदयको
हिउँ पग्लँदा नपग्लँदै पग्लिसकेको
समय नदीका बहावहरूमा
म मात्र एक्लै बगिरहन्छु : टाढा टाढा –
निश्चल तिम्रो मायामा डुब्दै उत्रंदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कीर्तिपुर, पानी र लाजहरू

डेरामा बसेर पढ्दा पढ्दै
घर सम्झेर
पानी पानी लाजमा डुब्छे :ऊ

टीकासीका लगाएर
घुम्न निस्कन्छे – पाँगा दोबाटो
जहाँ जीवनका अनगिन्ती लाजहरू भेटिन्छन्
पानी नपाएर काकाकूल मुद्राहरूमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्झना

सम्झनाको चुहुँदो झरीमा
रुझिरहन्छु
र अलिकति घाम
मै तिर हेरेर
कूट हाँसो हाँसिरहन्छ

मुंगफलीभन्दा सस्तो मेरो शरीर
सधैं झरीले मात्र भिज्छ ,
मायाले भिज्दैन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कता जाने कहाँ पुग्ने होला यो बाटो

कता जाने कहाँ पुग्ने होला यो बाटो
सोचिरहेछु बिसाएर झोला यो बाटो

सायद आफ्नै श्रद्धाञ्जलीको फूल तारेर
तर्दै जानु पर्छ धेरै खोला यो बाटो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

घामछाया यो जिन्दगीको

घामछाया यो जिन्दगीको डुलेको देखिन्छ
मधेसबाट हेर हिमाल खुलेको देखिन्छ

झर्दै आउनू पहाडबाट नदी संगसंगै-
हिउँबेसीमा धानका बाला झुलेको देखिन्छ

बाटैबाट भिरफूलहरुलाई हेरी दिए पुग्छ
दु:खहरुको बिचमा जीवन फुलेको देखिन्छ

यै आँसुको घर आउनू तगारो खोलेर
घरबारीको माया मुटुमा घुलेको देखिन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फूल

मान्छेहरूले कुल्ची हिंड्ने
बाटोमा म उम्रन सकिन

यै कान्लोमा उम्रिएँ- बाटो नजिकै

उम्रंदा उम्रंदै फुलें – म

फुल्दा फुल्दै चुँडिएर
देउताको थानमा चढाइएँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •