Skip to content

छ कि फूलभित्र पत्थर


छ कि फूलभित्र पत्थर- नसोध
बेघर छु प्रिय ! भो, घर नसोध !

उदास मेरो एक्लो जीवनमा
छ कि क्यै सुनौलो खबर नसोध !

माया छ छातीमा गाम-बेसीको
म जस्तो मान्छेको शहर नसोध !

मन फाटेर रोएको बेलामा
हाँसेर साटेको रहर नसोध !

बाँच्नै खोज्नेहरूको भीडमा
को भयो मरेर अमर नसोध !

शरण आँसु
पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *