Skip to content

जयदेव भट्टराई

असफल चित्रकार सफल साहित्यकार

  • by

मैले आफूलाई पचास वर्षको उमेर घटाएर बाह्र वर्षको ठिटोको रूपमा खडा गरी आफैालाई हेरिरहेछु दरबार हाइस्कुलमा भट्टराई बाजे (बासुदेव भट्टराई) इतिहासका टिचर लठ्ठी टेकेर विस्तारै क्लासभित्र पस्नुहुन्छ । फोटो क्लास, अचेलको भए सातौा कक्षा । उहााले भारत वर्षको र इङ्ग्ल्याण्डको इतिहास पढाउनु हुन्थ्यो । म पछाडिको बेञ्चमा बसेको छु । मेरो सामुन्ने एउटा पुस्तक छ, जसको जिल्दाको सागै टाासिएको कागज बाक्लो सेतो र सफा छ । त्यो सेता कागजमा भट्टराई बाजेको आकृति लेख्ने ममा इच्छा पैदा हुन्छ । सिसा कलमले मेचमा बस्नुभएका भट्टराई बाजेलाई हेरी-हेरी म उहााको आकृति कोर्न थाल्छु । अचानक मेरो कानमा भट्टराई बाजेको आवाज आउाछ ‘मल्ले यता आइज’ म व्यूाझे जस्तो हुन्छु । खुरुखुरु किताबै बोकेर म उहााको सामुन्ने पुग्छ ।

प्रकाशनको पीडा सबैलाई उस्तै

  • by

प्रकाशनका समस्या नभएको स्रष्टा-लेखक पाउन हम्मै नै पर्छ स्थापित र चर्चित स्रष्टा-लेखकले सहजै प्रकाशक पाउछन् । नया पुस्तक लेखकले प्रकाशक पाउन त्यति सहज छैन भन्ने गुनासो सुनिदै आएको छ । पुस्ता नया होस् वा पुरानो, स्रष्टा स्थापित होस वा भर्खरको होस् सिर्जनाको प्रकाशनको सन्दर्भमा समस्या प्रायः उस्तै छ । नेपाली साहित्यको सन्दर्भमा कुरा गर्नुपर्दा प्रकाशन-प्रकाशक अलि बढी देखिन थालेको धेरै भएको छैन । अधिकांश स्रष्टा स्वयं प्रकाशक भएर कृति प्रकाशन गर्ने गर्दछन् । एकताका साझा प्रकाशन, प्रज्ञा प्रतिष्ठान, रत्न पुस्तक भण्डार नबीन प्रकाशन, जगदम्बा प्रकाशन, भानु प्रकाशन, कौवा प्रकाशन आदि जस्ता सीमित प्रकाशक मात्र थिए भने अहिले प्रकाशनको क्षेत्रमा प्रशस्त मात्रामा प्रकाशक, प्रकाशन संस्था देखापरिसके ‘जति भाडो उति चुबुर्को’ भने जस्तै जति प्रकाशक बढ्दै गए पनि दिन प्रतिदिन लेखकहरू पनि बढ्दै जादै छन् ।