प्रकाशनका समस्या नभएको स्रष्टा-लेखक पाउन हम्मै नै पर्छ स्थापित र चर्चित स्रष्टा-लेखकले सहजै प्रकाशक पाउछन् । नया पुस्तक लेखकले प्रकाशक पाउन त्यति सहज छैन भन्ने गुनासो सुनिदै आएको छ । पुस्ता नया होस् वा पुरानो, स्रष्टा स्थापित होस वा भर्खरको होस् सिर्जनाको प्रकाशनको सन्दर्भमा समस्या प्रायः उस्तै छ । नेपाली साहित्यको सन्दर्भमा कुरा गर्नुपर्दा प्रकाशन-प्रकाशक अलि बढी देखिन थालेको धेरै भएको छैन । अधिकांश स्रष्टा स्वयं प्रकाशक भएर कृति प्रकाशन गर्ने गर्दछन् । एकताका साझा प्रकाशन, प्रज्ञा प्रतिष्ठान, रत्न पुस्तक भण्डार नबीन प्रकाशन, जगदम्बा प्रकाशन, भानु प्रकाशन, कौवा प्रकाशन आदि जस्ता सीमित प्रकाशक मात्र थिए भने अहिले प्रकाशनको क्षेत्रमा प्रशस्त मात्रामा प्रकाशक, प्रकाशन संस्था देखापरिसके ‘जति भाडो उति चुबुर्को’ भने जस्तै जति प्रकाशक बढ्दै गए पनि दिन प्रतिदिन लेखकहरू पनि बढ्दै जादै छन् ।
लेखेजति सबै छाप्नुपर्छ भन्ने मान्यता प्रायः स्रष्टामा देखिन्छ । आफूले लेखेको रचना-कृतिलाई धैर्य गरेर, समय लगाएर, परिमार्जन गरेर छाप्ने प्रवृति हामीकहा कम छ । यसैले लेखकको सङख्या सागसागै प्रकाशनको समस्या पनि बढ्दै छ । युवापुस्ता आˆना कृति प्रकाशनमा प्रकाशकले त्यति चासो नदेखाउने गरेको गुनासो गर्छन भने पुरानो पुस्ता कृति प्रकाशनमा समस्या भोग्नु परेको अनुभव सुनाउने गर्छन । लेखक स्वयंले खर्च गरेर प्रकाशन संस्थाको नाममा कृति प्रकाशित गर्नुपर्ने अवस्थाले गर्दा अधिकांश कृतिमा प्रकाशन गर्नेको नाम उल्लेख भएपनि यर्थाथ भने त्यस्तो छैन । लेख्ने, छाप्ने र प्रकाशनको जोहो मिलाउने काम लेखक-स्रष्टा स्वयंले गर्नुपर्ने अवस्था छ ।
भाषा-साहित्यका क्षेत्रमा विशिष्ट स्थान बनाइसक्नुभएका वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी सिर्जना र साधनाको क्षेत्रमा प्रकाशन त्यति ठूलो कुरो नभएको बताउनुहुन्छ । प्रकाशनको समस्याबाट आफू पनि पीडित भएको उदाहरण दिदै उहा आफूले बुझाएको पाण्डुलिपि १५ वर्षवपछि फिर्ता ल्याएको पुरानो संस्मरण सुनाउनुहुन्छ । अझै पनि कलासम्बन्धी कृति प्रकाशनको तयारी अवस्थामा रहेको सत्यमोहन जोशी बताउनुहुन्छ । प्रकाशक, प्रकाशन संस्थाको आ-आˆनै नीति, नियम र बजेट हुने भएकोले प्रकाशनमा उनीहरूले पनि चाहे जस्तो गर्न नसकेको उहाा बताउनुहुन्छ ।
नेपाली भाषा साहित्यको क्षेत्रमा प्रकाशक भन्दा पनि लेखकको अभाव देख्नु हुन्छ वरिष्ठ साहित्यकार रमेश विकल ”प्रकाशक नहुदा हुन त यति धेरै लेखक कहा देखापर्थे र ? ” उहा प्रश्न गर्नुहुन्छ । प्रकाशनमा नया पुस्ता र पुराना पुस्ताभन्नु भन्दा पनि प्रकाशकले प्रायः प्रतिभाशाली स्रष्टाको खोजी आफैा गर्ने हुनाले यसमा पुस्ताको कुरा उठाउन नमिले बताउनु हुन्छ । प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनबाट थुप्रै कृति प्रकाशित गराइसक्नु भएका स्रष्टा विकल आफूले लेखेको र छाप्न दिएको सबै छापिनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताउनु हुन्छ । एउटा स्रष्टा भएको नाताले आफूले लेखेका कृतिहरू पाण्डुलिपिकै अवस्थामा रहे पनि प्रकाशक पाइन भन्ने गुनासो गर्ने पक्षमा चाहि उहा हुनुहुन्न । ”प्रकाशकले कुनै कृति प्रकाशित गर्दा उसले सबै कुरा विचार गर्छ व्यवसायिकता पनि हेर्छ । हामी लेखकले त लेख्ने मात्र हो, त्यसैले पनि लेख्नेले लेखेजति प्रकाशकले छाप्न पनि सक्दैन भन्ने कुरा त हामीले बुझ्नै पर्छ । ”प्रकाशनमा नया-पुरानाको विवाद भन्दा पनि कुनै पनि स्रष्टाले सबभन्दा पहिले आˆनो क्षमता जााचेर मात्र अरूलाई दोष थुपार्दा राम्रो हुने विचार छ उहााको छ ।
प्रकाशनको क्षेत्रमा समस्या सबैलाई उस्तै हो भन्दै वरिष्ठ साहित्यकार कृष्णचन्द्र सिंह प्रधान प्रकाशन गर्दा प्रकाशित गर्ने कृतिको गहनता, व्यावसायिकता र लेखकको परिचयबारे पनि प्रकाशकले सोच्नै पर्छ । आफूले थालेको व्यवसायमा लगानी गर्दा सोचविचार त जसले पनि गर्छ भन्नुहुन्छ । लामो समयदेखि स्रष्टा प्रधान कृति प्रकाशनको समस्याबाट पीडित नहुने कमै मात्र स्रष्टा होलान कि भन्दै पहिलेको तुलनामा अहिले प्रकाशकहरू निकै बढेको आˆनो अनुभव सुनाउनु हुन्छ ।
निरन्तर भाव-साहित्यको क्षेत्रमा समर्पित वरिष्ठ साधक कुष्णप्रसाद पराजुलीलाई भने बालसाहित्य, लोकसाहित्यका कृति प्रकाशनको त्यति समस्या छैन । कविता, काव्यका कृति छपाउने भने आफै कम्मर कस्नुपर्ने अवस्था छ उहााको नाम चलेका र काम लाग्ने कुरा भएका कृतिको व्यापार राम्रै भएकोले सबै कृति छपाउन प्रकाशकको मुख ताक्न नपर्ने उहाा बताउनुहुन्छ । लेखक स्वयंले प्रकाशन, वितरण गर्दै हिाडनुपर्ने झमेला गर्नुभन्दा व्यावसायिकरूपले स्थापित प्रकाशक, साहित्यक सङ्घ, संस्थाले प्रकाशित गरिदिादा सजिलो पर्ने धारणा छ उहााको ।
अग्रज कवि भानुभक्त आर्चयबाटै सुरू गर्ने हो भने पनि प्रकाशनको समस्याबाटै सुरू गर्नुपर्ने हुन्छ । लेख्ने मान्छेको अभाव भएको त्यतिबेलाको अवस्थामा प्रकाशन, प्रकाशक भन्ने प्रश्नै थिएन । नेपाली साहित्यमा भानुभक्तको स्थान निकै माथि छ, उहााको जीवनकालभर कृति प्रकाशन हुन पाएन । तिनै भानुभक्तको रामायण अझै पनि बढी बिक्ने कृतिमा पर्दै आएको छ । महाकवि लक्ष्मी प्रसाद देवकोटाको अवसानपछि उहााका कयौा कृति प्रकाशमा आएका छन् । तर पनि हाम्रा कयौा स्रष्टाहरू आˆना रचना कृति बलैमा प्रकाशमा ल्याउन नपाएर ओझेल परेका छन् । कतिपय स्रष्टाहरू प्रकाशनको अभाव देखेर लेखनबाट टाढिादै छन् । उहिलेदेखि साहित्यक क्षेत्रले भोग्दै आएको प्रकाशनको समस्या समाधन गर्न अब स्रष्टा स्वयं नै अघि सर्ने हो कि । प्रर्याप्त मात्रामा प्रकाशनको अवसर मिल्ने हो भने प्रकाशनको क्षेत्रमा न पु्स्ताको विवाद हुने थियो न स्रष्टाले समस्या नै भोग्नु पथ्र्यो ।
