जयदेव भट्टराई
मुन्नी बदनाम हुईको धून र ‘तृषित’हरू
मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए … चाबेलबाट रत्नपार्क आउने क्रममा चढेको माइक्रोबसमा धन्किरहेको यो गीत र गीतसँगै नजानिंदो पाराले झुमिरहेका यात्रु देख्दा भर्खरै चाबेल मैजुबहालमा भेटिनुभएका डा. राममान ‘तृषित’को गीत सम्झन पुगेँ –
‘मैले पुण्य मन पराएँ या पाप मन पराएँ
जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ
उहाँको त सुर हरायो, हाम्रो नि !
फणिन्द्रराज खेताला यतिखेर मान्छे चिन्नु हुन्न, पहिले उहाँलाई धेरै मान्छेले चिनेनन्, अहिले उहाँ कोही पनि चिन्नुहुन्न, आफ्नै परिवार पनि । फरक यति हो सुर हराएपछि उहाँले अरूलाई चिन्न छाड्नुभयो, अरूले सुर नहराउँदा पनि उहाँलाई चिन्न सकेनन् । कुरो उही हो, हामी समयमै मान्छे चिन्न सक्दैनौँ, चिने पनि बूढो भएपछि, अस्पताल पुर्याएपछि, पशुपति लगेपछि मात्र मान्छे चिन्छौँ हामी । मान्छेका नाममा भीड जम्मा भएपछि सही मान्छे चिन्न नै कहाँ सकिन्छ र ?
नेपाली साहित्यमा शतवाषिर्कीको सन्दर्भ
स्रष्टाहरू जीवितै छँदा उनीहरूको सम्मान गरिनुपर्छ भन्ने मान्यता धेरैको रहेको भए पनि यथार्थ चाहिँ अलि भिन्न छ । मान्छे कृति र कीर्तिले बाँच्छ, मरेर गएपछि सम्झिने कुरा यी नै हुन् भनेर चित्त बुझाए पनि पछि यिनै कुरालाई बेवास्ता गरेर धेरैको चित्त दुखाएका छौँ हामीले । उदाहरण अघि सार्नुपर्दा मनग्गे नाम आउँछन् यस सन्दर्भमा । नेपाली भाषा र साहित्यका सन्दर्भमा पनि यस्तै भएको छ । कतिपय स्रष्टाहरू योगदान र सिर्जनाका दृष्टिले अब्बल रहे पनि तिनको सम्झनासम्म गरिएको पाइँदैन । स्रष्टाहरूको जन्म शताब्दी मनाउने सन्दर्भमा पनि यस्तै भएको छ ।
व्यक्तिसँगै सकियो एउटा युग
नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा राखिएको गोविन्द ‘गोठाले’को शव नाटककार ‘गोठाले’को नाटककार व्यक्तित्व सम्झाइरहेको थियो । वरपर प्रायः साधारण मान्छेका घर नदेखिने प्रतिष्ठानको प्राङ्गणमा वल्लो घर, पल्लो घरको झ्यालबाट कमैले मात्र हेरे होलान् । भाषा साहित्यलाई पे्रम गरेर मृत्यु पर्खने उहाँको कथाजस्तै प्रेम र मृत्यु उहाँ एउटा दिएर अर्को लिएर जानुभयो । भुसको आगोजस्तो दिन प्रतिदिन भित्रभित्रै कमजोर हुँदै गएका हामीले दोष कसैको छैन भनेर आत्मसन्तोष गरे मात्र हो । ‘गोठाले’को व्यक्तित्व र उहाँप्रति हामीले गरेको व्यवहार सम्झौं त एकै छिन । एउटा विराट व्यक्तित्व अस्वस्थ भएर १० दिनसम्म अस्पताल भर्ना गरिँदा पत्तोसमेत पाएनौँ हामीले ।
उपन्यासको पात्रजस्तै जीवन
‘अन्त्यपछि’ बाट थालिएको यात्रा ‘अप्रिय’ सम्म आइसक्दा पनि उत्तिकै ‘प्रिय’ उपन्यासकारको पहिचान बनाउनुभएको छ उहाँले । २४ वर्षको उमेरमा २४ सालमा पहिलो उपन्यास छापिएपछि ६७ वर्षको उमेरमा ६७ सालमा उहाँको २५ औँ उपन्यास प्रकाशित भइसकेको छ । चारवटा संयुक्त उपन्याससमेत २५ वटा उपन्यास लेख्न सक्ने, त्यो पनि एकपछि अर्को उत्कृष्ट उपन्यास ।
लेखनमा उत्तिकै तागत
सिर्जनाजस्तै सशक्त व्यक्तित्व लिएर अहिले पनि ठमठम हिँडने उहाँलाई देख्दा एउटा सिङ्गो नेपालीको झलक पाइन्छ । ढाकाटोपी र राष्ट्रिय पोशाकको पहिरन त छँदैछ । उमेर अनुसार बृद्धावस्था नदेखिने रातो पिरो अनुहार अनि बोल्दै जाँदा जोशिँदै बोल्न सक्ने तागत छ उहाँमा । अझ ठूलो तागत त उहाँको सिर्जनामा छ । कैयौँ पाठक स्रोताले मुखाग्रभन्नसक्ने कविता रच्न सक्नु कम्ति तागतको कुरो होइन ।
विश्व साहित्ययात्राका आठ दिन
दक्षिण कोरियाको सोलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हामीलाई स्वागत गर्न आइपुगेका कोरियालीहरूको स्वागत देखेर पुलकित बनेका हामी तिनैले बिदाइ गर्दा विमानस्थलमा भक्कानिएका थियौँ । अवरुद्ध गला र रसाएका आँखा जति लुकाउन खोज्दा पनि सकेका थिएनौँ । न चिन्नु, न जान्नु अर्काको देशको नागरिकप्रति पनि यत्ति माया र सद्भाव हुँदोरहेछ ।
नागालैण्डमा कट्टुजात्रा
लेख्नेहरू हृवात्तै बढेका छन्, हास्य व्यङग्य लेख्नेहरू चाहि स्वात्तै घटेका छन् । हास्य व्यङग्यमै नाम कमाएर राम्रो ठाम पाएकाहरू नै यसैमा लागिरहन सकेनन् । हास्य व्यङग्यमै मात्र लागिरहने स्रष्टा खोज्नुपर्दा त उही बासुदेव लुइँटेल, सूर्यबहादुर पिवा, श्याम गोतामे, प्रकाशपे्रमी आदि जस्तालाई मात्र अघि सार्दा हुने अरू त … यी पनि बितिसके । हास्य व्यङग्यमै नाम कमाएका भैरव अर्याल, केशवराज पिंडाली, श्रीधर खनाल, रामकुमार पाँडे आदिजस्ता स्रष्टाले पनि कसैले कविता, समालोचना, कसैले उपन्यास, पत्रकारिता त कसैले भूगोल र अन्य क्षेत्र समातेर फुल टाइमर हास्य व्यङग्यकार हुन सकेनन् । र पनि अझै पनि भैरव अर्याल, केशवराज पिँडालीको नाम अब्बल नै ठहराइन्छ ।
गयो, ठूलो पहिरो गयो
असारको अन्तिम साता झरी पानीले पहिरो जाने बेलैको कुरो हो । अविरल वर्षाले राजमार्गहरूमा पहिरो गएको, जनधनको क्षति भएको समाचार आउन पनि पाएको थिएन, साहित्यिक क्षेत्रमा ठूलो पहिरो गयो । निबन्ध जगत्का एउटा धरोहर, समालोचना क्षेत्रका एउटा स्तम्भ ढलेको सुन्दा धेरैको मनबाट अनायाशै आएको हुनुपर्छ -“लौ नेपाली निबन्ध साहित्यमा ठूलै पहिरो गयो ।” धेरैको मनमा गहिरो पीडा बोकाएर जानुभयो, पहिरो आउनेगरी नै जानुभयो उहाँ २०६७ सालको असार १७ गते ।
