Skip to content

जयदेव भट्टराई

सङ्गीतमय जीवनको अवसान

  • by

असोज १ गते साँझको भूकम्प आउनु केही समयअघि नै नेपाली सङ्गीत जगत्मा वाङ्मय क्षेत्रमा भूकम्प गइसकेको थियो ।

उसिनेको फर्सी खाएर पनि सुतेका छौँ

  • by

नेपाली साहित्यमा उपन्यास, कथा, संस्मरणमा अलग्गै स्थान बनाउनुभएका ध्रुवचन्द्र गौतम धेरै पाठकले रुचाउने स्रष्टामा पर्नुहुन्छ ।

गएको पनि पत्तो भएन

  • by

इष्ट-मित्र, छरछिमेक, बन्धु बान्धव भनेको चाहिन्छ कुन बेला के पर्छ पर्छ भनेर सम्बन्ध बढाउनेहरूको भीडमा अम्बर रिजाल पनि पर्नुहुन्थ्यो होला ।

स्मारक नहोस् बरु स्मृति रहोस्

  • by

विलियम शेक्सपियरको जन्मथलो पुगेर गर्व गर्छौं हामी । प्रेमचन्दको गाउँ पुगेको अनुभूति पनि मजैले सुनाउँछौँ । देश विदेश घुम्दा स्रष्टाको जन्मथलो पुगेको संस्मरण सुनाएर रोमाञ्चित हुने हामीमध्ये धेरै कमले मात्र भानु जन्मथलोमा पाइला टेकेको अनुभूति रामेाञ्चक पाराले बताएका होलाउँ ।

बिनावैशाखी उठेको मान्छे

  • by

दरबार हाइस्कुलमा कक्षा ७ मा पढ्दा तत्कालीन प्रभावशाली शिक्षक वासुदेव भट्टराईको चित्र कोर्दा झपारसँग प्रशंसित हुने विजय मल्ल ठूलै कलाकार हुनुपर्ने ।

जेहोस् चुपचाप मन परायौं

  • by

औपचारिक निर्वाह गर्दै आउने बानी परिसक्यो हामीलाई । खासगरी एउटा स्रष्टाको सम्बन्धमा अझ भनौं उसको निधनमा । फलानो स्रष्टाको निधन (कतिपयको त यति समाचारसम्म आउँदैन) शोक व्यक्त, श्रद्धाञ्जली व्यक्त जस्ता समाचार पढ्छौं, सुन्छौं ।

पोखरामा सिर्जना पोखियो

  • by

हिजो बन्द, भोलि पनि बन्द अनि आउँदो दिन पनि बन्द, त्यसपछि त कुन बेला बन्द हुने हो त्यो पनि टुङ्गो छैन । बन्द चर्चा र बन्दको भजन गाउँदै हामी गफिरहेका थियौँ भृकुटीमण्डप अघिल्तिर । बन्दै बन्दबीच बन्द नभएको दिनको मौका पारेर भेला गराएको थियो नेपाल लेखक सङ्घले ।

शशि भण्डारी लेकालीदेखि विचलनसम्म

  • by

यसपालिको फागुनले वैगुन गरेर गयो नेपाली साहित्यलाई । डायमनशम्सेर राणा, शशि भण्डारी, हृषीकेश उपाध्याय जस्ता स्रष्टालाई एकैपटक गुमाउनुपर्‍यो । उपन्यास लेखेर तयार पार्ने, ‘मेरो म’ नामक संस्मरणको कृति प्रकाशित गर्ने कृष्णप्रसाद भट्टराईसमेत यही फागुन महिनामै जानुभयो ।

मुन्नी बदनाम हुईको धून र ‘तृषित’हरू

  • by

मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए … चाबेलबाट रत्नपार्क आउने क्रममा चढेको माइक्रोबसमा धन्किरहेको यो गीत र गीतसँगै नजानिंदो पाराले झुमिरहेका यात्रु देख्दा भर्खरै चाबेल मैजुबहालमा भेटिनुभएका डा. राममान ‘तृषित’को गीत सम्झन पुगेँ –

‘मैले पुण्य मन पराएँ या पाप मन पराएँ
जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ

उहाँको त सुर हरायो, हाम्रो नि !

  • by

फणिन्द्रराज खेताला यतिखेर मान्छे चिन्नु हुन्न, पहिले उहाँलाई धेरै मान्छेले चिनेनन्, अहिले उहाँ कोही पनि चिन्नुहुन्न, आफ्नै परिवार पनि । फरक यति हो सुर हराएपछि उहाँले अरूलाई चिन्न छाड्नुभयो, अरूले सुर नहराउँदा पनि उहाँलाई चिन्न सकेनन् । कुरो उही हो, हामी समयमै मान्छे चिन्न सक्दैनौँ, चिने पनि बूढो भएपछि, अस्पताल पुर्‍याएपछि, पशुपति लगेपछि मात्र मान्छे चिन्छौँ हामी । मान्छेका नाममा भीड जम्मा भएपछि सही मान्छे चिन्न नै कहाँ सकिन्छ र ?

नेपाली साहित्यमा शतवाषिर्कीको सन्दर्भ

  • by

स्रष्टाहरू जीवितै छँदा उनीहरूको सम्मान गरिनुपर्छ भन्ने मान्यता धेरैको रहेको भए पनि यथार्थ चाहिँ अलि भिन्न छ । मान्छे कृति र कीर्तिले बाँच्छ, मरेर गएपछि सम्झिने कुरा यी नै हुन् भनेर चित्त बुझाए पनि पछि यिनै कुरालाई बेवास्ता गरेर धेरैको चित्त दुखाएका छौँ हामीले । उदाहरण अघि सार्नुपर्दा मनग्गे नाम आउँछन् यस सन्दर्भमा । नेपाली भाषा र साहित्यका सन्दर्भमा पनि यस्तै भएको छ । कतिपय स्रष्टाहरू योगदान र सिर्जनाका दृष्टिले अब्बल रहे पनि तिनको सम्झनासम्म गरिएको पाइँदैन । स्रष्टाहरूको जन्म शताब्दी मनाउने सन्दर्भमा पनि यस्तै भएको छ ।

व्यक्तिसँगै सकियो एउटा युग

  • by

नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा राखिएको गोविन्द ‘गोठाले’को शव नाटककार ‘गोठाले’को नाटककार व्यक्तित्व सम्झाइरहेको थियो । वरपर प्रायः साधारण मान्छेका घर नदेखिने प्रतिष्ठानको प्राङ्गणमा वल्लो घर, पल्लो घरको झ्यालबाट कमैले मात्र हेरे होलान् । भाषा साहित्यलाई पे्रम गरेर मृत्यु पर्खने उहाँको कथाजस्तै प्रेम र मृत्यु उहाँ एउटा दिएर अर्को लिएर जानुभयो । भुसको आगोजस्तो दिन प्रतिदिन भित्रभित्रै कमजोर हुँदै गएका हामीले दोष कसैको छैन भनेर आत्मसन्तोष गरे मात्र हो । ‘गोठाले’को व्यक्तित्व र उहाँप्रति हामीले गरेको व्यवहार सम्झौं त एकै छिन । एउटा विराट व्यक्तित्व अस्वस्थ भएर १० दिनसम्म अस्पताल भर्ना गरिँदा पत्तोसमेत पाएनौँ हामीले ।

उहिलेका देवीप्रसाद अहिलेका डी.पी.

  • by

कमरेडहरूले नाम परिवर्तन गरेपछि आफ्नो पुरानो नाम भुसुक्कै बिर्सिएर अङ्ग्रेजी नामबाटै परिचित हुन थाल्नुभयो उहाँ पार्टीमा । पार्टीका साथीहरूले राखिदिएको नाम साहित्यमा पनि रहन पुग्यो । झण्डै साढे ६ दशकअघिको कुरो यो । यतिखेर उहाँलाई राजनीति र साहित्य दुवै क्षेत्रले पछिल्लो नामबाट समेत बिर्सन थालेको छ ।

उपन्यासको पात्रजस्तै जीवन

  • by

‘अन्त्यपछि’ बाट थालिएको यात्रा ‘अप्रिय’ सम्म आइसक्दा पनि उत्तिकै ‘प्रिय’ उपन्यासकारको पहिचान बनाउनुभएको छ उहाँले । २४ वर्षको उमेरमा २४ सालमा पहिलो उपन्यास छापिएपछि ६७ वर्षको उमेरमा ६७ सालमा उहाँको २५ औँ उपन्यास प्रकाशित भइसकेको छ । चारवटा संयुक्त उपन्याससमेत २५ वटा उपन्यास लेख्न सक्ने, त्यो पनि एकपछि अर्को उत्कृष्ट उपन्यास ।

लेखनमा उत्तिकै तागत

  • by

सिर्जनाजस्तै सशक्त व्यक्तित्व लिएर अहिले पनि ठमठम हिँडने उहाँलाई देख्दा एउटा सिङ्गो नेपालीको झलक पाइन्छ । ढाकाटोपी र राष्ट्रिय पोशाकको पहिरन त छँदैछ । उमेर अनुसार बृद्धावस्था नदेखिने रातो पिरो अनुहार अनि बोल्दै जाँदा जोशिँदै बोल्न सक्ने तागत छ उहाँमा । अझ ठूलो तागत त उहाँको सिर्जनामा छ । कैयौँ पाठक स्रोताले मुखाग्रभन्नसक्ने कविता रच्न सक्नु कम्ति तागतको कुरो होइन ।

विश्व साहित्ययात्राका आठ दिन

  • by

दक्षिण कोरियाको सोलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हामीलाई स्वागत गर्न आइपुगेका कोरियालीहरूको स्वागत देखेर पुलकित बनेका हामी तिनैले बिदाइ गर्दा विमानस्थलमा भक्कानिएका थियौँ । अवरुद्ध गला र रसाएका आँखा जति लुकाउन खोज्दा पनि सकेका थिएनौँ । न चिन्नु, न जान्नु अर्काको देशको नागरिकप्रति पनि यत्ति माया र सद्भाव हुँदोरहेछ ।

नागालैण्डमा कट्टुजात्रा

  • by

लेख्नेहरू हृवात्तै बढेका छन्, हास्य व्यङग्य लेख्नेहरू चाहि स्वात्तै घटेका छन् । हास्य व्यङग्यमै नाम कमाएर राम्रो ठाम पाएकाहरू नै यसैमा लागिरहन सकेनन् । हास्य व्यङग्यमै मात्र लागिरहने स्रष्टा खोज्नुपर्दा त उही बासुदेव लुइँटेल, सूर्यबहादुर पिवा, श्याम गोतामे, प्रकाशपे्रमी आदि जस्तालाई मात्र अघि सार्दा हुने अरू त … यी पनि बितिसके । हास्य व्यङग्यमै नाम कमाएका भैरव अर्याल, केशवराज पिंडाली, श्रीधर खनाल, रामकुमार पाँडे आदिजस्ता स्रष्टाले पनि कसैले कविता, समालोचना, कसैले उपन्यास, पत्रकारिता त कसैले भूगोल र अन्य क्षेत्र समातेर फुल टाइमर हास्य व्यङग्यकार हुन सकेनन् । र पनि अझै पनि भैरव अर्याल, केशवराज पिँडालीको नाम अब्बल नै ठहराइन्छ ।

गयो, ठूलो पहिरो गयो

  • by

असारको अन्तिम साता झरी पानीले पहिरो जाने बेलैको कुरो हो । अविरल वर्षाले राजमार्गहरूमा पहिरो गएको, जनधनको क्षति भएको समाचार आउन पनि पाएको थिएन, साहित्यिक क्षेत्रमा ठूलो पहिरो गयो । निबन्ध जगत्का एउटा धरोहर, समालोचना क्षेत्रका एउटा स्तम्भ ढलेको सुन्दा धेरैको मनबाट अनायाशै आएको हुनुपर्छ -“लौ नेपाली निबन्ध साहित्यमा ठूलै पहिरो गयो ।” धेरैको मनमा गहिरो पीडा बोकाएर जानुभयो, पहिरो आउनेगरी नै जानुभयो उहाँ २०६७ सालको असार १७ गते ।