जयदेव भट्टराई
अस्तायो भानु
रोगले गाँजेपनि जाँगरले धानेको उहाँको शरीर राजनीतिमा लागेपनि साहित्य र साहित्यिक पत्रकारिताले चिनाएको उहाँको चिनारी सडक कविता क्रान्तिदेखि राजनीतिक क्रान्तिसम्म उत्तिकै सहभागी हुने उहाँको व्यक्तित्वसङ्घर्ष र रोगसँग जुद्धाजुद्धै, कैयौँ योजना र आकाङ्क्षा बुन्दाबुन्दै ८० को उमेरसम छोएको उहाँको जीवनले अन्ततः २०६६ सालको भदौ ४ गते मोती जयन्तीको मध्यरात विश्राम लियो ।
आदिकवि भानुभक्तको सम्मानमा कन्जुस्याइँ किन ?
ग्रामीण परिवेशको सामान्य परिवारमा जन्मेर पनि संस्कृतशिक्षाको राम्रो अध्ययन गरी समग्र नेपाली भाषीलाई एकताका सूत्रमा उन्न नेपालीभाषामा रामायण लेख्नु कवि भानुभक्तको विशिष्ट योगदान हो । कारावासमा बस्दा समेत अटुटरूपमा काव्यसाधना गरी २५ हजार श्लोक भएको संस्कृतको रामायणलाई १२ सय श्लोकमा सीमित गरी शास्त्रीय छन्दमा सम्पूर्ण रामायणी कथालाई उतारी नेपालीभाषामा काव्यात्मक गति प्रदान गर्नु अत्यन्त कठिन कर्म हो । यसर्थ राष्ट्रले दिएको ‘आदिकवि’को उपाधि पनि अपुग हुनजान्छ परन्तु देशव्यापी रूपमा भानुजयन्ती मनाउने राष्ट्रिय परम्पराले भने केही श्रद्धा प्रकट गरेको देखाउँछ ।
देशको छ चिन्ता, तिमी माया माया भन्छौं
‘आज बाल वृद्ध युवक नरनारीहरूले भेला भएर जुन आदर प्रकट गर्नुभयो यसले मेरो मन आश्चर्यचकित गद्गद छ । यत्रो आदर गर्न योग्य म छैन तर जनताको भावनाले नै ढुँगोले पनि देवत्व प्राप्त गर्दछ । यसबाट देशमा एकता बढ्ने छ । राष्ट्रभाषाको सेवा गर्दै आएको छु र शक्तिले भेटेसम्म गर्दै रहनेछु । सरकारतर्फबाट प्रधानमन्त्रीज्यूले जुन ५ हजार दिनु भयो सो साहित्य भवनका निम्ति अर्पण गर्दछु । आवाल वृद्ध सबैलाई धन्यवाद छ ।’
खल्तीबाटै चल्छन् साहित्यिक पत्रिका
एक सय ११ वर्ष भनेको एउटा युग । एउटा सिड्ढो युग हाँकेर यहाँसम्म आइपुगेको साहित्यिक पत्रकारिता अझै धरमरको स्थितिमा छ । समय प्रवाहसँगै प्रगति हुने हो भने साहित्यिक पत्रकारिताको स्थिति अहिले अत्यधिक प्रगति भएको अवस्थामा हुने थियो । जति जति समय बढ्दै गयो साहित्यिक पत्रकारिता त्यति त्यति दुर्गतितिर उन्मुख भइरहेको छ । न सरकारी नीति न सकारात्मक दृष्टिकोण, न कुनै सहयोग । मानौँ साहित्यिक पत्रकारिता भनेको त्यसका सम्पादक र प्रकाशकको रूचिको मात्र विषय हो । यसबाट मुलुकलाई केही लिनुदिनु छैन ।
दौड र परिक्रममा पछि
लेखनको मापदण्ड लेखनसँगै गाँसिन्छ कि अर्थोकसँग गाँसिन्छ । प्रश्नै गर्न नपर्ने कुरो हो यो । लेखनको माध्यमबाटभन्दा अर्कोकबाट चर्चित र वरिष्ठ हुनेहरूको स्रष्टालाई । लेखनलाई धर्म र कर्म माने पनि धर्म र कर्मको मर्म नबुझ्नेहरूले गर्दा सत्यसत्य भन्नैपर्छ- ‘लेखन’ लेखनका माध्यमबाट मात्र चर्चामा आउँदोरहेनछ । लेखनलाई धर्म र कर्म बनाएर निरन्तर ५० वर्षदेखि साधानारत मोहनराज शर्मा पनि सहजै भनिदिनुहुन्छ-“लेखन त एकतर्फी मात्र भयो, त्यसलाई जोड्ने काम त सञ्चार जगत्ले नै गर्छ ।”
दीर्घजीवी बनोस् रचना
“शताङ्क प्रकाशनको यसबेला ‘रचना’को विगततर्फ हेर्दा कहाली लाग्दो अतीतमा चिहाएझैँ लागिरहेछ । पहिलो अङ्क निकाल्दा हाम्रो सोचाइ थियो- “एक वर्ष जसरी तसरी पत्रिका निकालौँ अर्को वर्षदेखि विज्ञापन, सहयोग पाइहालिन्छ, सरकारको सुदृष्टि पनि परिहाल्छ त्यसपछि पत्रिकाको जग बलियो हुन्छ र निकाल्न कुनै समस्या पर्दैन ।” तर निजी क्षेत्रको एउटा विशुद्ध साहित्यिक पत्रिकाले सोचेको त्यस्तो ‘अर्को वर्ष’ ४८ वर्षसम्म पनि कहिल्यै आएन । हरेक अङ्क प्रकाशन एउटा चुनौतीपूर्ण काम लाग्न थाल्यो । केही साहित्यप्रेमीहरूको सद्भाव विशेष सदस्यको रूपमा नपाएको भए, साझा प्रकाशन जस्ता संस्थाले केही टेवा नदिएको भए र ‘रचना’ प्रकाशन परिवारको तन, मन, धनको आड भरोस् नपाएको भए यो पत्रिका उहिल्यै कालको मुखमा परिसक्ने थियो ।”
स्रष्टाहरु गुमाउँदाको पीडा
पोहोर चैत १० गते तेस्रो आयामका त्रिमूर्तिमध्येका एक अर्थात् एउटा आयाम ईश्वरवल्लभलाई गुमाएपछि लागेको थियो अब नयाँ वर्ष २०६५ मा हामीले यस्ताखाले पीडा क्रमै व्यहोर्नु पर्ला । लाग्नु-नलाग्नुको अर्थ हुँदो रहेनछ, हिँड्दा हिँड्दैको मान्छे पनि जाँदो रहेछ, उमेर नपुग्दै पनि जाँदो रहेछ, दुर्घटनामा परेर पनि जाँदो रहेछ । मानौँ २०६५ सालमा साहित्यिक क्षेत्रमा पहिरो गएको गए नै भयो । २०६५ सालको पहिलो महिना नै साहित्यकार भरतराज पन्तलाई गुमायौँ हामीले । रमेश विकल, रत्नाकर देवकोटा, अग्निशिखा, श्रीभद्र शर्मा, कुमार ज्ञवाली, कुन्तीदेवी भट्टराई, शारदा अधिकारी (ढकाल), रूद्र खरेलजस्ता स्रष्टाहरू गुमाउनु परेको वर्ष रहृयो । २०६५ ।
बिर्सनै नसकिने स्रष्टा भीमनिधि तिवारी
उमेर गणना गर्ने हो भने भीमनिधि तिवारी धेरै बाँच्नु भएन । १९६८ सालको फागुन ३० गते काठमाडौँको डिल्लीबजारमा जन्मिनु भएका तिवारीको २०३० सालको जेठ १९ गते निधन भयो । विषाक्त रक्तरोगको उपचार गर्न नपाएर ६२ वर्षको उमेरमै उहाँको निधन भयो । साहित्य साधना र सिर्जनामा जीवनको चार दशक बिताउनुभएका भीमनिधि तिवारी जस्ता स्रष्टाले उपचारमा समेत यो मुलुकले ध्यान नदिएको उदाहरण बन्नुभयो उहाँ । बाँचुञ्जेलको जीवनलाई सक्रिय र सिर्जनशील भएर बाँच्नुपर्छ, आˆनो भाषा र साहित्यका लागि सक्दो गर्नुपर्छ भन्ने उदाहरण पनि प्रस्तुत गरेर जानुभयो भीमनिधि तिवारीले धेरै कृति लेख्ने र छपाउने स्रष्टाको रूपमा आफूलाई चिनाउने उहाँले हात नहालेको विधा पाउनै गाह्रो पर्छ ।
उमेर गए पनि तरुनै !
ट्रयाक सुट लगाएर दौड्ने हो भने ८९ वर्ष टेक्न लाग्नुभएका यी वयोवृद्ध साधक कुनै खेलाडीभन्दा कम फुर्तिलो देखिनु हुन्न । ललितपुरको बखुम्बहालदेखि काठमाडौँको इटुमबहालसम्म म्याराथन गर्ने हो र उहाँलाई सहभागी गराउने हो भने पक्कै पनि उहाँले दौड पूरा गर्नुहुन्छ । साधा जीवन उच्च विचारको उदाहरण खोज्नुपर्यो भने उहाँलाई अघि सर्दा नि हुन्छ । अध्ययन, लेखनमा मात्र संस्कृतिलाई बोक्ने होइनकी पहिरन, बसाइका समेत संस्कृतिलाई उत्तिकै ख्याल राख्ने सत्यमोहन जोशी यतिखेर ८९ वर्षको शिखर आरोहण गर्ने क्रममा हुनुुहुन्छ ।
ओझेलमा असल स्रष्टा
यतिखेर दैवज्ञराज न्यौपाने राम्ररी बोल्नसक्ने अवस्थामा हुनुहुन्न, उहाँका बारेमा यतिखेर कसैले बोलेकै छैन भन्दा हुन्छ । यतिखेर दैवज्ञराज न्यौपानेका आँखाले राम्ररी काम गर्न छाडेका छन्, उहाँको अवस्था अरूले नदेखे सरहै भएको छ । दैवज्ञराज न्यौपानेले लेख्न नसकेको छ महिना भइसक्यो, उहाँको बारेमा कसैले नलेखे जस्तै भएको छ । एउटा स्रस्टा विगत तीन वर्षदेखि अस्वस्थ र अशक्तजीवन बाँच्दासमेत धेरैले पत्तोसमेत पाएका छैनन्, कतिले चासोसमेत लिएका छैनन् ।
स्रष्टाहरु सर्वत्र
साहित्यमै मात्र केन्दि्रत रहेर एउटै क्षेत्रमा सीमित हुने स्रष्टाहरू निकै कम भेटिन्छन् । प्रायः स्रष्टाहरू जागिरे जीवनमै संलग्न भएको बढी पाइन्छ । व्यापार-व्यवसायमा धेरै कम स्रष्टाले हात हालेका छन् । राजनीति गर्दै साहित्य लेख्ने र साहित्य लेख्दै राजनीति गर्नेहरूको सङ्ख्या चाहिँ उल्लेख्य छ । डाक्टरी पेशा, कलाकारिता, अभिनय, पत्रकारितामा लाग्ने साहित्यकारहरू पनि छन् । म
सक्रियता देखाउँदा देखाउँदै जानुभयो शारदाजी
उमेरले केही गरौँ र सक्दो गरौँ भन्ने भावनाले शारदा अधिकारी -ढकाल) को सक्रियता साहित्यिक क्षेत्रमा यता केही वर्षदेखि बढ्न थालेको थियो । लेखन, सम्पादन, साहित्यिक सङ्घ संस्थामा संलग्नता आदि माध्यमबाट नेपाली भाषा र साहित्यमा सक्रिय शारदा अधिकारीको पेशा पनि नेपाली भाषा प्राध्यापनमै थियो । उमेरले साथ दिए पनि, रोगले नगाँजे पनि दुर्घटनामा परेर उहाँले आˆनो जीवन अल्पायुमै गुमाउनु पर्यो । उहाँको ४३ वर्षको उमेरमै मोटरसाइकल दुर्घटनामा परेर काठमाडौँमा निधन भयो ।
उपेक्षित स्रष्टा कुमार ज्ञवाली
लेख्नेहरू लेखिरहेका छन् तर कुमार ज्ञवालीको बारेमा कतै केही लेखिएन, टेलिभिजन, रेडियो, एफ. एम.बाट समाचार प्रवाह भइरहेका छन् तर कुमार ज्ञवालीबारे कतै केही सुनिएन । छापामाध्यमले पनि कुमार ज्ञवालीबारे एक शब्द खर्चेको छैन, समवेदना छापिएर पत्र-पत्रिका प्रायः भरिभराउ हुन्छन् तर कुमार ज्ञवालीप्रति श्रद्धाञ्जलि दिने औपचारिकता समेत कसैले देखाएन । न नेता, न अभिनेता, न कुनै राजनीतिसँग गाँसिएको मान्छे । न चाकडी गर्न जान्ने त्यसैले एक सक्रिय व्यक्तित्व, सफल साहित्यकारको निधन पनि समाचार बन्न सकेन, न कसैले उहाँको बारेमा कलम नै चलाए ।
- « Previous
- 1
- 2
- 3
- Next »
