Skip to content

वासुदेव अधिकारी

डेटिङ् याचना

  • by

किन मिल्काएका कलम यसरी ?
संविधान लेख्नु पर्दैन ?
कि मसी छैन र त्यसमा ?
मसँग दुवै छन् : कलम, मसी
तिमीलाई चाहिन्छ र ?

हिजो भनेको हुँ नि
संविधान लेख्न तिमीलाई
कलम दिन्छु, भावना दिन्छु
माटोको वासना दिन्छु भनी
खै मागेनौ त ?
कि कुर्सीको तानामा
बिर्सियौ आफ्नो जिम्मेवारी ?

कति अलमलले घेरिएका ?
कति कन्फ्युजनमा बेरिएका ?
संविधान लेखन
जागिर हो कि कर्तव्य ?
संविधानका अक्षर
किचलो हो कि मर्म ?
छलफल गर्नु छ तिमीसँग
पोखिनु छ निर्घातले ।

छलफल गर्न
किन १४ गते ताक्ने ?
किन १५ को साइत बार्ने ?
आजै बसूँ र छलफल गरौँ
राति १२/१२ बजे होइन
दिउँसै कुरा थालौँ