Skip to content

amit kinaar

नसुनेनी मेरा सबै गीत तिम्रै लागि,

नसुनेनी मेरा सबै गीत तिम्रै लागि,
नबुझेनी दिलको सङ्गीत तिम्रै लागि.!

महफिलमा गुनगुनाउ चाहना यो छैन,
मेरा हर सुर-साज प्रीत तिम्रै लागि..!

प्रेम शिखर चढन हामी जात धर्म के भयो र?
चलाउनेछु बरु नया रीत तिम्रै लागि

घाम तिम्रै जुन तिम्रै रात सारा तिम्रै,
मिर्मिरे बिहानीको सीत तिम्रै लागि..!

झरी संगै भेल बनि छुन तिमि आउछौ कि,
उभिएको छ किनारमा अमित तिम्रै लागि..!

सवाल जवाफ (गजल)

लाउँदिन म माया भन्दा दोबाटोमा छेक्छौ किन ?
तिम्रो मेरो नाम जोडी प्रेम पत्र लेख्छौ किन ?

दोबाटो मै उभिएर, बाटो छेक्यौ भन्छौ अँझै ?
फिर्ता तिम्रो पत्र हो त्यो, प्रेम पत्र ठान्छौ अँझै ?