Skip to content

जिन्दगी


यस्तै छ त किन आखिर यस्तै छ जिन्दगी ?
महँगो भो प्रेम किन सस्तै छ जिन्दगी ?

कल्पनामा चित्र कोरी सपनामा भेट्न खोज्छु ,
सम्झनामा सधै तिम्रै व्यस्तै छ जिन्दगी !

नपाए नि साथ तिम्रो तिरस्कार पाएकै छु ,
रक्ताँश्रु पिई यहाँ मस्तै छ जिन्दगी !

यस्तै छ त किन आखिर यस्तै छ जिन्दगी ?
महँगो भो प्रेम किन सस्तै छ जिन्दगी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *