Skip to content

रात बाँकी


रात बाँकी, बात बाँकी
तिम्रो अधरको साथ् बाँकी !

सपनीमा आउँदिनौ
सम्झनाको खात बाँकी ..!
रात बाँकी…

झुकेका ती नजरको
मद्होसी मात बाँकी..!
रात बाँकी…

सबै नाता बेकार भो
मायाको छ जात बाँकी..!
रात बाँकी..

ढलिसक्यो रुख पनि
सुकेको छ पात बाँकी..!
रात बाँकी..

Leave a Reply

Your email address will not be published. Required fields are marked *