गीता थापा (दोषी)
पोलेको यो छातीमा
पोलेको यो छातीमा नुन-चूक घसेर नजाऊप्रिया
राम राम जप्दै पिँठमा छुरा धसेर नजाऊ प्रिया
क्षणभरको रमाइलो हैन जिन्दगी धेरै लामो छ
सोच्तै नसोचीकन जताततै बसेर नजाऊ प्रिया
पीर-चिन्ताको शिखर अग्ल्याएर हृदयको माझमा
निरासाको गहिरो कुण्डभित्र पसेर नजाऊ प्रिया
यो मेरो मनको सुन्दर बाग उजाड छ तिमी बिना
विश्वाशघाति नजरहरूमा फसेर नजाऊ प्रिया
तिमीलाई सुन्दरताको प्रशंसा गर्ने
तिमीलाई सुन्दरताको प्रशंसा गर्ने त्यत्रो शौख भए
क्रिम पाउडर र लिपिष्टिकले आफ्नो सम्पूर्ण
कुरुप्ता छोपेर सुन्दरताको परिभाषालाई असुन्दरतामा बदल्ने
ती स्त्रीको होइन
तिनको गर
जहाँका स्त्रीले पाउडरको नाममा खरानी र कोदोको पिठो
मात्र देखेका छन् क्रिमको नाममा नौनीसँग मात्र परिचित छन्
लिपिष्टीकको नाममा सिन्दुरलाई मात्र चिन्दछन्
