नाट्यसम्राट् बालकृष्ण सम
बालकृष्ण सम जहानिया राणापरिवारकै सदस्य पिता समरशमशेर र माता कृर्तिराज्यलक्ष्मीबाट काठमाडौं ज्ञानेश्वरमा संवत् १९५९ माघ २४ गते जन्मेका थिए । उनी वंशजका नाताले राणा भए पनि स्वभाव र आचरणका हिसाबले साधारण मानिस झैँ थिए । बालककालमा आफ्ना बाजे डम्बरशमशेरको क्रूर व्यवहार र आफ्नी बज्यैको दयालु स्वभाव समले देखेका थिए । बाजे र बज्यैका आचरण देख्ता समको कोमल हृदयमा बज्यैको प्रभाव पर्यो । फलस्वरूप उनी हिरण्यकशिपु होइन प्रहलाद बन्न पुगे । त्यसकारण उनी बाल्यकालदेखि नै नम्रता, शिष्टता र भद्रता अँगाल्न लागे ।
