महाकवि लक्ष्मीप्रसाद देवकोटा

  • by

संसार विचित्र छ । यस विचित्रताभित्र कति सम्पन्न र कति विपन्न जन्मन्छन् अनि कति मुर्ख, ज्ञानी र सारस्वत प्रतिभाको जन्म हुन्छ, ती कसरी आउँछन् र आफ्नो काम सकेर सुटुक्क बिदा हुन्छन् यो सबको लेखाजोखा गर्ने काम सुगम छैन र यहाँ सम्भव पनि हुँदैन । विचित्र संसारको नेपालीवाङ्मयको लागि एक विचित्र उपलब्धि अनि अनुपम प्रतिभाका रूपमा लक्ष्मीप्रसाद देवकोटाको अभ्युदय नेपालीसाहित्यमा एक ऐतिहासिक अध्यायका रूपमा रहेको छ । यिनै साधक देवकोटाको व्यक्तित्व र कृतित्वको सिंहावलोकन यहाँ गरिनेछ ।

१. जन्म र बाल्यकाल
योगी नरहरिनाथका लेखाइअनुसार सेती अञ्चलको अछाम जिल्लामा देउकोट नामको गढी छ त्यसै ठाउँका बासिन्दाहरू देवकोटा कहलिन लागे । तिनै देवकोटा बझाङ र जुम्ला हुँदै गोरखामा आए । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिग्विजयका साथसाथै पं. विद्याधर संवत् १८२५ मा काठमाडौंको भोटाहिटीमा आएर रहन लागे । यिनकै वंशमा तिलमाधव देवकोटा भए । यिनी भोटाहिटीबाट धोबीधारामा बसाइ सरे । पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मीदेवीबाट संवत् १९६६ साल लक्ष्मीपूजाका दिनमा तर्थमाधवनामक एक बालकको जन्म भयो । तिनै बालक नेपालीसाहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटा नामले परिचित भए । गाईतिहारे औँसीका दिन लक्ष्मीको आराधना, पूजा गरिसकेपछि जन्मेकाले पिताले उनको नाम लक्ष्मीप्रसाद राखेका भए पनि उनको जीवनदर्शन, क्रियाकलाप र रचनाकर्ममा सरस्वतीको प्रसाद व्यापक भएर रह्यो ।
संस्कृतवाङ्मयको राम्रो प्रभाव रहेको वंशमा जन्मेका लक्ष्मीप्रसाद देवकोटाको बालककालमा संस्कृतको अध्ययन पितामार्फत भए पनि अङ्ग्रेजी पढ्नतर्फ उनी विशेष संलग्न गराइए । किनभने त्यसैवेला पनि संस्कृत पढ्नेको भन्दा अङ्ग्रेजी पढ्नेको धाकरवाफ बढी हुने र पैसा पनि राम्रो कमाउन सक्ने स्थिति थियो । देवकोटा कखरा पढ्दापढ्दै निकै बिरामी भएका थिए । त्यतिखेर उनी चार वर्षा थिए । त्यसवेला स्वास्थ्योपचारको रूपमा धामीझाक्री र तान्त्रिकहरूको प्रमुख भूमिका हुँदा सोही विधानअनुसार निको भए । कवि एवं संस्कृतका ठूला विद्वान् तिलमाधव देवकोटाको लालनपालनले देवकोटामा

२. शिक्षा र कवित्वको प्रारम्भ
लक्ष्मीप्रसाद देवकोटाको घरमै संस्कृतको अध्ययन चल्दै थियो तीक्ष्ण प्रतिभाको स्फुरण हुँदै गयो र पठन, लेखन र गहन चिन्तनप्रति देवकोटाको ध्यान केन्द्रित बन्यो । तर अङ्ग्रेजीको प्रभाव विशेष देखिँदा सं. १९७७ मा दरबार हाइ स्कूलमा पाँचौँ कक्षामा देवकोटा भर्ना गरिए । पन्ध्र वर्षो उमेरमा मनदेवीसँग उनको विवाह भयो भने सोह्र वर्षो उमेरमा उनी पटनाबाट प्रथम श्रेणीमा म्याट्रिक पास भई हुने बिरुवाको चिल्लो पात देखाउन सफल भए । त्यसपछि उनले बी.ए. पास पनि सजिलैसित गरे । पटनाबाटै उनले बी.एल. पनि गरे । साहित्यमा गहन चाख भएका सारस्वत प्रतिभा देवकोटा साहित्यको अध्ययन चाहन्थे तर पनि उनी कानूनको उपाधि लिन पुगे । परिस्थिति बलियो थियो, जागीर खाएर घरको आर्थिक समस्या समाधान गर्ने आग्रह बाबुआमाको भए तापनि उनले आफ्नै जोडले जागीरमा नअलमलिई अङ्ग्रेजीमा एम.ए. गर्ने विचार गरी अध्ययन पनि प्रारम्भ गरे तर सं. १९९१ र १९९२ मा क्रमशः आमाबाबुको निधन भएकोले उनले एम.ए. गर्नै पाएनन् । त्यसपछि अध्ययनका लागि उनलाई परिस्थितिले साथ दिएन ।
उनले दशै वर्षो उमेरमा भवसागर पार गर्ने समस्यालाई लिएर कवितायात्राको शुभारम्भ गरेका थिए । त्यसपछि खास रचना नदेखिए पनि पच्चीस वर्षो उमेरमा सं. १९९१ मा गोरखापत्रमा पूणिर्माको जलधि कविता देखा पर्‍यो । यसपछि कविता र काव्यको भलबाढी चल्न लाग्यो । यसैकारण उनले गोसाइकुण्डको यात्रा गरे, यस यात्राको मनोरम वर्ण्र्ाापहाडी जीवन निबन्धमा अङ्कित छ भने मुनामदन, लुनी, ह्मेन्दु जस्ता काव्यहरू पछि यसै यात्राबाट प्रादर्र्भूत उपलब्धि हुन् ।

३. व्यक्तित्व
घरायसी आर्थिक समस्या र्टार्न अध्ययनकालदेखि नै टयुशनमा संलग्न एउटा टयुटर, देशमा प्रजातन्त्रको स्थापनामा सघाउ पुर्‍याउने युगवाणी २००४ को सम्पादन गर्ने कुशल सम्पादक, नेपालीभाषानुवाद परिषद्को एक जागीरे, पढाउने एउटा प्राध्यापक, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान २०१४ को सदस्य, तीन महीनाको लागि देशको शैक्षकि नीतिनिर्धारक शिक्षामन्त्री जस्ता पदमा सुशोभित हुँदै नेपाली शिक्षा परिषद्को सदस्य, काव्यप्रतिष्ठानका अध्यक्षजस्ता पदमा रहने लक्ष्मीप्रसाद देवकोटाले २००९ सालमा करफोकको नेपालीभाषा प्रचारक सङ्घको निमन्त्रणामा कालिम्पोङको भ्रमण गरे । उनले २०११ सालमा दिल्लीमा भएको एसियाली जनसम्मेलनमा भाग लिई गौरव बढाए । २०१२ सालमा उनी त्रिभुवन विश्वविद्यालय आयोगका सदस्य बने । देवकोटाकै नेतृत्वमा एसियाली लेखकसम्मेलनमा भाग लिन नेपाली साहित्यिकहरूको प्रतिनिधिमण्डल दिल्ली गयो । २०१५ सालमा उनलाई तासकन्दबाट एसियाली लेखकसम्मेलनमा भाग लिन निम्तो आयो । स्वास्थ्यले गर्दा भाग लिन जान धरमर भए पनि भाषा र साहित्यप्रतिको अगाध निष्ठाले उनी तासकन्द गए । त्यहाँ नेपालको गौरव बढाए र उनले आफ्नो प्रतिभाको परिचय दिए ।
स्वास्थ्यको उपचारका लागि देवकोटा मास्को गए । स्वास्थ्योपचार गरी उनी स्वदेश आए तर विनाअनुमति मास्को गएको भनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट देवकोटाको भत्ता रोकियो । त्यसपछि उनको खानपानको राम्रो व्यवस्था हुन सकेन । फलस्वरूप उनको रोग बल्झयो, निको नहुने गरी । यसरी देवकोटाको व्यक्तित्व एकातिर चमकदार छ भने दुईदुई छोराको निधन, पारिवारिक बोझ, आर्थिक समस्या, टयुशन र चुरोटमा रुमल्लिएर दिन बिताउनुपर्ने विवशताले ढाकेको थियो । तैपनि यी समस्याका लहरीलाई सहजै पर सार्दै उनले नेपालीवाङ्मयको उत्थान र विकासमा आफ्नो अमूल्य योगदान प्रस्तुत गरे । मरणोपरान्त त्रिभुवनपुरस्कार पाउनु र जनताबाटै महाकवि भनेर कहलिनु उनले पाएको ठूलो सम्मान हो । उनका कृति लोकप्रिय बन्नु पनि उनीप्रतिको सम्मान नै हो ।

४. कृतिहरू
लक्ष्मीप्रसाद देवकोटाका फुटकर कविता, कथा, निबन्ध यत्रतत्र छरिएर रहेका अनि बेचिएका र अरुका नाममा प्रकाशित भएका कति छन् कति ( पुस्तकाकारमा प्रकाशित कृतिहरू र तिनको सङ्क्षिप्त परिचय यहाँ दिइन्छ:
१.मुनामदन(झयाउरे लोकलयमा रचित, वियोगान्त कृति, कविका पुस्तकाकारमा प्रकाशित कृतिमध्ये पहिलो, प्रथम संस्करण १९९२ चैत, अनि लोकप्रिय काव्य, सरलता, सरसता र सामाजिकताले युक्त, हालसम्म करीब १ लाख पचास हजारप्रति छापी प्रकाशित भइसकेको।
२.सावित्री सत्यवान् (पौराणिक कथामा आधारित)( नाटक, प्रथम संस्करण सं. १९९७, अनुष्टुप् छन्दमा सूक्तिमय शैली, रोचक अभिव्यक्ति र प्रभावकारी प्रस्तुतीकरणले प्रौढ कृति बनेको।
३.राजकुमार प्रभाकर (खण्डकाव्य)( पहिलो संस्करण १९९७, प्रभाकरको चरित्रमा आधारित रोचक काव्य,
४.प्रसिद्ध प्रबन्धसङ्ग्रह (प्रबन्धहरूको सङ्गालो)( अङ्ग्रेजीसाहित्यको नवशास्त्रवादी र स्वच्छन्दतावादी युगका प्रसिद्ध निबन्धकारका निबन्धहरूको नेपालीमा अनुवाद, पहिलो संस्करण सं. १९९८,
५.बिग गेम सूटिङ इन नेपाल (शिकारनिबन्धहरू)( यस पुस्तकको प्रकाशन मिति सं. १९९९, (अङ्ग्रेजी)मा जुद्धशमशेरको शिकारवर्णन हो । यो पुस्तक नित्यराज पाण्डेले ‘इ.ए. स्मिथिजको हो, अनुवादक मात्र देवकोटा हुन्’ भनेका छन् र कुमारबहादुर जोशीले चाहिँ लेखक नै देवकोटा भनेका छन् तर त्यस्ता निबन्ध आखाले नदेखी वा राम्रो अनुभव नगरी नलेखिने हुँदा र शिकारमा देवकोटा गएको नबुझदा नित्यराज पाण्डेकै भनाइ ठीक हो पनि भनिन्छ ।
६.शाकुन्तल (पौराणिक विषयमा आधारित महाकाव्य)( केवल तीन महीनाको फुर्सदको समयमा रचित यो महाकाव्य कविताको र अझ नेपालीसाहित्यकै सर्वोत्कृष्ट महाकाव्य मानिन्छ । यो कृति पौराणिक भए तापनि सामाजिक तत्त्व, प्रकृतिचित्रण, कल्पनाशक्ति( जस्ता कुराले उत्कृष्ट बन्न पुगेको छ । यस कृतिको र्सवप्रथम प्रकाशनमिति २००२ साल हो ।
७.लक्ष्मीनिबन्धसङ्ग्रह (आत्मपरक निबन्धहरूको सङ्गालो)( प्रस्तुत पुस्तकका आधारमा कुशल र सशक्त निबन्धकारका रूपमा देवकोटा उभिन्छन् । आफुले भोगेका, सोचेका, अनुभव गरेका र देखेका घटना र प्रसङ्गहरू मनोरम शैलीमा व्यक्त गरेका छन् । यस पुस्तकको प्रथम प्रकाशनमिति २००२ साल हो ।
८.कुञ्जिनी (खण्डकाव्य)( विभिन्न लोकलयमा एकै रातमा रचित प्रस्तुत कृतिको प्रथम प्रकाशनमिति २००२ साल हो ।
९.रजपूत रमणी (नाटक)( दरबारमा खेलाइएको प्रस्तुत नाटकको प्रथम प्रकाशनमिति २००९ साल हो ।
१०.सुलोचना (सामाजिक महाकाव्य)( प्रथम प्रकाशनमिति २००३ साल हो । केवल दश दिनमा रचित यो महाकाव्य नेपालीसाहित्यको एक उपलब्धि मानिन्छ ।
११.पहाडी पुकार (झयाउरेमा रचित क्रान्तिकारी कविताहरू)( प्रथम संस्करणको प्रकाशन २००५ सालमा, रक्सौलबाट प्रकाशित, राणाशासनको अन्ततिरको नेपालको आर्थिक र सामाजिक अवस्थाको काव्यात्मक चित्रण यस काव्यमा छ ।
१२.पुतली भाग १ (बालकवितासङ्ग्रह)( प्रथम प्रकाशन २००९ साल,
१३.पुतली भाग २ (बालकवितासङ्ग्रह)( प्रथम प्रकाशन २००९ साल,
१४.वसन्ती (गीतिकाव्य)( प्रथम प्रकाशन २००९ साल
१५.मैना (झयाउरेमा रचित खण्डकाव्य)( प्रकाशन २००९ साल,
१६.सुन्दरीजलमा (झयाउरेमा रचित खण्डकाव्य)( प्रथम प्रकाशन २००९ साल,
१७.भिखारी (कवितासङ्ग्रह)( प्रथम प्रकाशन २०१० साल, यसमा स्तरीय कविता छन् ।
१८.सुनको बिहान (बालकवितासङ्ग्रह)( प्रथम प्रकाशन २०१० साल,
१९.ह्मेन्दु (खण्डकाव्य)( भोटेसेलोमा रचित भावपूर्ण गीतिकाव्य, प्रथम प्रकाशन २०१५ साल,
२०.रावणजटायुयुद्ध (खण्डकाव्य)( प्रथम प्रकाशन २०११ साल
२१.जन्मोत्सव मुटुको थोपा (कवितासङ्ग्रह)( प्रथम प्रकाशन २०१५, यस पुस्तकमा देवकोटाकै भाइ मधुसूदनका कविता पनि परेका छन् ।
२२.छहरा (कवितासङ्ग्रह)( २०१२ सालमा रचित कविताहरू । तर प्रेसको गडबडीले ४८ पेज गायब, त्यसैले ४९ पेजबाट यो सुरु हुन्छ र यसलाई कविले द्वितीय खण्ड मानेका छन् । प्रथम प्रकाशन २०१६ मा,
२३.मृत्युशय्या (दुई कविताको एक रूप)( क्यान्सरबाट पीडित भएर कवि शान्तभवनमा रहदा रचिएका दुई कविता । यिनको प्रथम प्रकाशन २०१६ मा भएको छ,
२४.चिल्ला पातहरू (कवितासङ्ग्रह)( प्रथम प्रकाशन २०१६,
२५.कृषिवाला (गीतिनाटक)( प्रथम प्रकाशन २०२२,
२६.लुनी (गीतिकाव्य)( प्रथम प्रकाशन २०२३,
२७.गाइने गीत (गीतसङ्ग्रह)( प्रथम प्रकाशन २०२४ । यसमा विभिन्न लयमा रचित भावपूर्ण गीतहरू छन्,
२८.सीताहरण (खण्डकाव्य)( रामायणको कथा भए पनि देवकोटाकै शैली, प्रस्तुतीकरण र प्रतिभाले मौलिक बनेको । प्रथम प्रकाशन २०२४ मा,
२९.महाराणा प्रताप (महाकाव्य)( प्रथम प्रकाशन २०२४ मा । यसको विषय मुगलकालिक भारतको इतिहाससँग सम्बद्ध छ,
३०.मनोरञ्जन (हास्यकवितासङ्ग्रह)( प्रथम प्रकाशन २०२४,
३१.भावनागाङ्गेय (कवितासङ्कलन)( प्रथम प्रकाशन २०२४,
३२.चम्पा (नेपाली सामाजिक उपन्यास)( प्रथम प्रकाशन २०२४,
३३.मायाविनी र्सर्सर्ीीखण्डकाव्य)( प्रथम प्रकाशन २०२४,
३४.दुष्यन्तशकुन्तलाभेट (गीतिकाव्य)( प्रथम प्रकाशन २०२४,
३५.वनकुसुम (प्रकृतिमहाकाव्य)( प्रथम प्रकाशन २०२४,
३६.नवरस (कोशकाव्य)( प्रथम प्रकाशन २०२५,
३७.आकाश बोल्छ (कवितासङ्कलन)( प्रथम प्रकाशन २०२५,
३८.कटक (वीरगाथापूर्ण काव्य)( यसमा नेपाली वीरहरूको महिमा अङ्कित छ । प्रथम प्रकाशन २०३६,
३९.छागासँग कुरा (कवितासङ्कलन)( यसमा प्रकृतिको स्थूल रूपको चित्रण भेट्टिन्छ । प्रथम प्रकाशन २०२६,
४०.म्याकबेथ (अनुवाद)( प्रथम प्रकाशन २०२६,
४१.प्रमिथस (महाकाव्य)( ग्रीक पुराणको कथानकमा आधारित, गद्यशैलीमा रचित वीररसको महाकाव्य । प्रथम प्रकाशन २०२६,
४२.लक्ष्मीकथासङ्ग्रह (कथासङ्कलन)( देवकोटाका उपलब्ध लघुकथाहरूको सङ्कलन, प्रथम प्रकाशन २०२८,
४३.लक्ष्मीकवितासङ्ग्रह (कवितासङ्कलन)( प्रथम प्रकाशन २०३३,
४४.मैना (ठाकुर पराजुली र डा. वासुदेव त्रिपाठीको सम्पादनमा प्रकाशित)
४५.दाडिमको रूखनेर (निबन्धसङ्ग्रह)( सं. राजेन्द्र सुवेदी २०३९
४६.जिप्सी (खण्डकाव्य)( २०५८ मा प्रकाशित
४७.तुषारवर्णन (काव्य)( २०६० मा प्रकाशित
४८.लक्ष्मीगीतिसङ्ग्रह (साझा प्रकाशनद्वारा २०४० मा प्रकाशित
४९.पृथ्वीराज चौहान (महाकाव्य)( २०४९
५०.शाकुन्तल महाकाव्य (अङ्ग्रेजीमा)( २०४८
५१.द ब्यालेड अफ लुनी (अङ्ग्रेजीमा)
यी प्रकाशित पुस्तकहरूका अतिरिक्त देवकोटाका अप्रकाशित पुस्तकहरू पनि अझै बाकी छन् । यसरी प्रकाशित पुस्तककै आधारमा पनि देवकोटा एक महासागरका रूपमा देखिन्छन् । फुटकर प्रकाशित रचना र अप्रकाशित ग्रन्थराशिको त कुरै छोडौँ ।

५. कृतिगत मूल्य
देवकोटाका रचनाहरूको मूल्य आलोचकहरू के कसरी किटान गर्छन्, हेरौँ नमूना:
राहुल सांकृत्यायन देवकोटा एक्लैमा हिन्दीका प्रसाद, पन्त र निरालाका गुणहरू जमेका देख्छन् । बालकृष्ण सम देवकोटा तीनचोटि जन्मेको दाबी गर्छन्( एकचोटि मुनामदनमा, अर्कोचोटि शाकुन्तल महाकाव्यमा र अर्कोचोटि पागल कवितामा । देवकोटाबारे लेख्न बस्ता डा. वासुदेव त्रिपाठी कहाँबाट सुरु गरूँ र कहाँ खतम गरूँ भनेर अन्योलमा पर्छन् । कमल दीक्षति चाहिँ देवकोटाका कृतिका समूहलाई द्रोणाचलको संज्ञा दिँदै त्यहाँ फूल, लहरा र मृतसञ्जीवनीजस्ता बुटी भएको दाबी गर्छन् र सञ्जीवनी पहिल्याउन चाहिँ वैद्य सुषेणहरू चाहिन्छन् भन्ने विचार व्यक्त गर्छन् । ईश्वर वराल देवकोटाका कृतिले नेपाली समाजलाई अपूर्व प्रेरणा दिएको अनुभव गर्दै नेपालको मानसिक स्तरलाई तडित्सरि रचनाका र्स्पर्शले स्पन्दनशील पारिदिएका हुनाले उनी वस्तुतः महाकवि भए भन्ने निर्णय दिन्छन् । चूडामाणि बन्धु देवकोटालाई एक्लै नेपालीसाहित्य मान्छन् । कविशिरोमणि लेखनाथ चाहिँ यसो भन्छन्( “यत्रो महान् विभूति कहिलेकाही आउछ । कहा हत्तपत्त पाउने हो ( ४०० वर्षा पनि कुन्नि पाउनेछौँ कि छैनौँ । त्यस्तो महान् भैकन त्यस्तो सरल आफ्नै कवितात्मक स्थितिमा पुगेका वेलामा केके खोजेर ल्याउँथ्यो केके, मस्तिष्कले कल्पनै गर्न नसकिने श्री ५ महेन्द्रबाट देवकोटाको निधनमा दुःख प्रकट गरिबक्सँदै हुकुम भएको थियो(“नेपालीसाहित्यमा उहाँको निष्काम सेवा नेपालीले बिर्सन सक्ने कुरा होइन । हामीहरूबीच आज उहाँ नहुँदा एक अपूरो भावनाको अनुभव हुनु स्वाभाविक नै छ ।”
यसरी देवकोटाबारे भनिएका अभिव्यक्तिहरूको थुप्रो लगाउने हो भने सगरमाथा नै नबन्ला भन्न सकिदैन, तर उद्देश्य अभिव्यक्तिको थुप्रो लगाउनु नभएर देवकोटाका कृतिगत मूल्य केकस्ता छन् पत्ता लगाउनु भएकोले केही प्रतिनिधि अभिव्यक्ति मात्र यहाँ लिइएका हुन् । रूपरेखा, भानु, रचना जस्ता पत्रिकाले देवकोटाका विशेषाङ्क निकालेर देवकोटालाई चिनाए, आफ्नो आर्थिक समस्या टारे, नयापुराना यस्ता कमै साहित्यिक होलान् जसले देवकोटाबारे नबोलेका हउन्, नलेखेका हउन् । यसबाट के स्पष्ट हुन्छ भने नेपालीसाहित्यका साच्चै प्रतिनिधि देवकोटा नै हुन् । उनले हिजो प्रतिनिधित्व गरे, आज गर्दै छन् र भोलि पनि गर्नेछन् । उनका समग्र कृतिहरूबारे यहाँ विश्लेषण गर्दै मूल्य किटान गर्नु सम्भव नभएकोले उनका सैद्धान्तिक र व्यावहारिक मूल्यहरू दाजेर केही प्रसङ्गहरू मात्र यहाँ दिने प्रयास गरिँदै छ । देवकोटालाई आध्यात्मिकहरू आध्यात्मिक मान्छन् त भौतिकहरू भौतिक । त्यस्तै संस्कृतका मर्मज्ञहरू कालिदास, भवभूति र श्रीहर्षो छनक पाउँछन् त अङ्ग्रेजीका मर्मज्ञहरू देवकोटामा वर्डसर्वर्थ, सेली र किट्सको झझल्को अनुभव गर्छन् । अनि र्सवसाधारण नेपाली चाहिँ मुनामदनका गेडा सङ्गीतको स्वरमा ढाल्दै नेपाली लोकलयका प्रवर्तक र नेपाली समाजकै लोकप्रिय कवि मान्छन् । आफ्नो छोटो जीवनकालमा साहित्यका कविता, निबन्ध, कथा, महाकाव्य, नाटक, उपन्यास, समीक्षा जस्ता प्रायः सबै विधामा कलम चलाएर पनि सफलताका सिढी प्रतिभाका पाइलाले सजिलैसित चढ्न सक्ने देवकोटाको कृतित्वको विश्लेषण सुगम छैन । तैपनि उनका मूल्य र दृष्टिकोणलाई यसरी औँल्याउन सकिन्छ ।

५.१ मानवतावादी देवकोटा
देवकोटाको जीवनदर्शन मानवतावादी छ । मानिसको उपकार, सेवा र भलाइमा विश्वको भलाइ छ भन्ने उनको सन्देश छ । मानवताका लागि अमर सन्देश दिने केही कवितांश यसरी पढ्न सकिन्छ:
फर्क फर्क हे जाऊ समाऊ मानिसहरूको पाउ
मलम लगाऊ आर्तहरूको, चहर्‍याइरहेको घाउ
मानिसहरू भै ईश्वरको त्यो, दिव्य मुहार हँसाऊ ।
(यात्री कविताबाट)

५.२. आस्तिक देवकोटा
उनी इश्वरलाई जताततै मानिसमा घुमेका देख्छन् । आत्माको अस्तित्वलाई महत्त्वपूर्ण मान्छन् र र्स्वर्ग, नरक र धर्मको कल्पनालाई अत्यावश्यक ठान्छन् । उनी एक ठाउँमा भन्छन्( र्’इश्वरविना ऐडी, आत्माविना माटो हुन्छ किरण हुँदैन, जबाफदेही हुँदैन । नरकविना त्रास हुँदैन र धर्मविना बाटो हुँदैन । (लक्ष्मीनिबन्धसङ्ग्रह पृष्ठ ४२, छैटौ संस्करण) दश वर्षो उमेरमा कवि लेख्छन् पहिलो कविताको रूपमा:
घनघोर दुःखसागर संसार जान भाइ
नगरे घमन्ड कहिल्यै मर्नू छ हामीलाई
आफ्नो जीवनका अन्तिम दिनतिर शान्तभवनमा रहँदा उनी लेख्छन्:
रहेछ संसार निशासमान, आएन ज्यूँदै रहँदा नि ज्ञान ।
आखीर श्रीकृष्ण रहेछ एक, न भक्ति भो ज्ञान न भो विवेक ।
अनि जीवनको मध्यभागतिर रचिएको सीताहरण काव्यमा मारीचको मुखबाट रामप्रति यस्तो अभिव्यक्ति प्रकट गराउँछन् कवि देवकोटा
प्रभुजी प्रभुजी राम चिनेँ
यस्ता अभिव्यक्तिबाट देवकोटा नास्तिक होइनन् भन्ने स्पष्ट हुन्छ, अझ उनी शाकुन्तल महाकाव्यको प्रथम र्सगमा भन्छन्:
मीठो लाग्छ मलाई ता प्रिय कथा प्राचीन संसारको
यसरी उनकार् ईश्वरीय सत्ता र परम्पराप्रति प्रेम र सद्भावनाका अभिव्यक्ति देखिँदा देखिँदै उनलाई नास्तिक कसरी भन्ने ( अप्रकाशित एउटा निबन्धर् इश्वरवाद र अनीश्वरवाद केशवराज धितालका सौजन्यले पाएर मोहनराज शर्माले भानु देवकोटा विशेषाङ्कमा विवेचनासहित केही अंश छपाएको देखिन्छ । हुन सक्छ देवकोटा देशबाट निर्वासित( जस्तो भएर बनारसमा रहदा र उनका दुःखका पुकारार् इश्वरले नसुन्दा उनले त्यो निबन्ध लेखे होलान् । तर प्रकाशन गर्न उनको आस्तिक हृदयले आट दिएन र त्यसै रहिरह्यो । उनले त्यो लेखेर नगर्ने काम गरेको महसूस गरेर नै हुन सक्छ, शान्तभवनमा अन्तिम अवस्थामा उनले भने
यस दुनियामा सुख दुःख दुईको गहिराइमा डुबियो
दुःख भो अतिशय सुख भो अतिशय प्रभुले पुर्र्‍यायो मनसुवा
यसरी देवकोटा आस्तिक र भक्तिवादी कवि पनि हुन् भन्न सकिन्छ ।

५.३ प्रकृतिप्रति देवकोटा
देवकोटा प्रकृतिसँग तदाकार भएर रचना गर्न सक्ने प्रतिभा हुन् । उनी प्रकृतिसँग कतै सूक्ष्म रूपमा र कतै बाह्य रूपमा आत्मसात् भएका छन् । उनका कुनै पनि कृतिमा कुनै न कुनै प्रकृति बोलिरहेको हुन्छ, नाचिरहेको हुन्छ र सि�गारपटार गरिरहेको पाइन्छ । नेपालीकाव्यधारामा प्रकृतिको छनक भर्ने काम भानुभक्तबाटै सुरु भए पनि यसलाई चरम चुलीमा पुर्‍याउने काम चाहिँ देवकोटाले गरे:
प्रकृति छ भारी मनखुसकारी, रङ्ग राम्रा सुकृति फिँजारी
(वनकुसुम)
घरसारी राम्रो प्रकृत छ फूल
झलमल झूल सुर तरुमूल सकल सुधाकी प्रकृत मजूर
(वनकुसुम)
शाब्दिक चित्रण पनि त्यतिकै गर्न सक्छन् उनी; एक नमूना:
झझल् झल् झझल् झल् छ झल्की रहेको
मरुल्लोल कल्लोल छन् छल् छछल् छल्
जहाँ जून टल्पल् छ चल्मल् चलेर
ककल् कल् नयाँ कल्पना कल्कलाई ।
(शाकुन्तल)

५.४ क्रान्तिकारी देवकोटा
देवकोटा राणाशासनको अन्धकारमा जन्मेका थिए । त्यसैले उनको सबल आत्माले रुन्चे स्वर अलापेन, गाउठाउँ सकेसम्म, अटेसम्म र हुनेसम्म क्रान्तिकारी अभिव्यक्ति प्रकट भएरै छाडयो । देवकोटाका केही अभिव्यक्ति यसरी उद्धृत गर्न सकिन्छन्:
जा तँ मान्छे वजनदार, विश्व धर्का तारा धर्का पृथ्वी चर्कामृत्युको जुँघा उखेल्, यी दैनिक गन्धे झार रोईरोई नउखेल्
(झञ्झावीरप्रति)
यसरी ठाउँठाउँमा कवि देवकोटा क्रान्तिकारी अभिव्यक्ति दिन्छन् । एकातिर गरीबीको मार अर्कोतिर ऐशआरामको चमत्कार देख्दा देवकोटा पनि क्रान्तिकारी बन्न बाध्य बनेका थिए र उनी क्रान्तिकारी बनेका पनि थिए ।

५.५ राष्ट्रवादी देवकोटा
देवकोटा कट्टर देशभक्त थिए । आफ्नो देश, सभ्यता, संस्कृति, भाषा र हाम्रो परम्परागत वैभवप्रति उनी अत्यन्त आस्था प्रकट गर्छन् । उनका असङ्ख्य रचना पढेर (उनको के नेपाल सानो छ ( निबन्धलाई मात्र लिँदा पनि) उनको प्रगाढ देशभक्ति बुझन सकिन्छ । देवकोटा भन्छन्( सानो छ तर र्स्वर्ग छ, अल्प छ तर आखो छ, खुट्टा छ तर आफै विश्व छ, दूर तर दूरताको दिव्य जादु हीरा सानो हुन्छ, मोती सानो हुन्छ, मणि सानो हुन्छ, मिष्टभाषी शिशु सानो हुन्छ, आँखाको नानी सानो हुन्छ । मुटुको केन्द्रको झल्को झन् सबैभन्दा सानो हुन्छ । यो पृथ्वीको सानो शिरविन्दु नै होस् तर आखाको विन्दु झै यही परमानन्द घनीभूत छ ।”
नेपाललाई देवकोटा सानो, मीठो, शान्त, सुगन्धी र अनुपम ठान्छन् । एउटा सानो विश्वको रूपमा कल्पना गर्छन् र भन्छन्( “यहाँ वाग्नर कोदाली खनिरहेछन्, शेक्सपियर हलो जोत्ता हुन्, टिनिसियर र र्टनर भेडा चराउदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान् । मकहार्टनर सान्डोले दाउराका भारी बोकेर ल्याउँछन् । मेरो वनमा हेलेन केलरहरू गीतहरू गाउँदछन्, यहाँ कति सावित्री छन् जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ जो लेखिएको छैन, न लेखिनेछ ।” देवकोटाका यी अभिव्यक्ति पनि कम रोचक छैनन्;जस्तै:
सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र
लुकेको र्स्वर्ग समुच्च जाति यस्का छन् विचित्र

यसरी देवकोटालाई अमर राष्ट्रभक्त कविका रूपमा पनि खडा गर्न सकिन्छ ।
महाकवि देवकोटा आफ्ना कवितालेखनसम्बन्धी दृष्टिकोण यसरी स्पष्ट गर्छन्( “म चाहन्छु हृदयमा कविको छन्द भुलभुलाहट होस् न कि भगण र औँलाभँचाइ । प्रसिद्द रेमको प्रेरणा मलाई निको लाग्दैन । म चाहन्छु हृदयको ऐडी । कविलाई त्यहाँबाट लेख्न मन लागोस् जहाँ मानव आसुहरू प्राकृतिक भावमा पग्लन्छन्, जहाँ सत्यको आमन्त्रण आत्मा सुन्दरको ध्वनिमा स्पष्टीकृत हुन्छ । कवि बोलोस्( जसरी चरा बोल्छन्, न कि जसरी उस्तादहरू कसरत गर्दछन् । हृदयले हृदयलाई बोलाओस् कवितामा न कि आडम्बरलाई । सोझो सच्चा नाङ्गो पहाडको महत्त्व होस् । कवितामा जसबाट नालाहरू आफुआफै भुलभुलाउँदै उठ्छन् (” देवकोटा प्रकृतिबारे आफ्ना अमर अभिव्यक्ति यसरी स्पष्ट गर्छन्-
फुल्दो गुलाफबिच ज्ञान अनेक फुल्छन्
उद्यानमा वस गई सब तत्त्व खुल्छन् ।

यसरी नेपालीसाहित्यका एक अमर साधक अद्वितीय प्रतिभा देवकोटाको व्यक्तित्व र कृतित्वबारे सङ्क्षिप्त चर्चा गर्दा पनि महासागरमा डुबेको अनुभव भइरहेछ । अरु दश वर्षमात्र उनी जीवित रहिदिएका भए नेपालीसाहित्य कहा पुग्ने थियो । सजिलैसित अनुमान गर्न सकिन्छ ।
भौतिक रूपबाट संवत् २०१६ सालमा उनी गए । उनबाट नेपालीवाङ्मयले जेजति पायो त्यसैबाट पनि गौरवको अनुभव गर्नुपर्छ । उनकै शब्दमा उनको अस्तित्व अझै चम्किलो छ र चम्किरहनेछ ।
मासुको फूल ओइलेर जान्छ, मट्टीमा मिल्दछ
अरु नै फूल पृथिवीपारि स्वर्गमा फुल्दछ ।

घटराज भट्टराईकृत त्रिमूर्ति (कविशिरोमणि,नाट्यसम्राट् र महाकवि)को परिचय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *