Skip to content

श्यामदास वैष्णव

अक्षरले जोडिएको नाता

  • by

मुनामदन छापिएको चार-पाँच वर्ष भएको थियो होला, मैले लक्ष्मीप्रसाद देवकोटाजीलाई पहिलोपल्ट भेट्दा । उहाँ तीस वर्षको हुनुहुन्थ्यो, म भने १४-१५ वर्षको थिएँ । डिल्लीबजार नाटकमण्डलीले उहाँलाई नाटक लेख्न भनेको रहेछ । उहाँले भरत मिलन नाटकको एक अध्याय लेखेर दिनु पनि भएको रहेछ । त्यसलाई सफासँग सारेर म अरू अध्यायका लागि ताकेता गर्न धोबीधारा गएको थिएँ । नाटक सञ्चालकले देवकोटाजी नरम मान्छे छन् भनेका थिए । म पुग्दा उहाँ विद्यार्थीहरूलाई पढाइरहनुभएको थियो ।

व्यङ्गोद्गार

  • by

ँसत्य’ चिन्ने भए !
‘सत्य’ चिन्ने भए यदि-
‘झूटा’ को सङ्गत गर्न थाल !
तिनले जे-जे भन्छन्-
रगडेर नाक- ‘सही’ हाल !
स्वतन्त्रताको विशेषता जान्ने भए
कसैको ‘चाकरी’ गर्न थाल
गहतको झोलमा चुहाऊ र्‍याल ।