अरुको भरमा पर्नु हुदैन आफ्नै भरमा जिउनु
दर्बिलो खुट्टा टेकी सबले गर्विलो आँखा पार्नु
रैतीहरूमा शीप बढ्यो भने देशको नसिब खुल्छ
हिमचुलीको शीतल घामझै हाम्रो देश बन्छ
तान चलाउनु चर्खा काट्नु रुवो उमारी कपडा बुन्नु
आफ्नै नाँच र गानमा रम्नु स्वाभिमानी भै हिड्नु
नून दिई वा चुन दिई सुनले ढुकुटी भर्नु
सुन भनेको देशको धन हो त्यसको रक्षा गर्नु
हेर फिरङ्गी पस्लान् चुस्लान सबले रक्षा गर्नु
तान चलाउनु चर्खा काट्नु रुवो उमारी कपडा बुन्नु
आफ्नै नाँच र गानमा रम्नु स्वाभिमानी भै हिड्नु
शब्द – श्यामदास वैश्णब
स्वर, संगीत – नारायाण गोपाल