भाग लगाऊ पद नातेदारलाई सूर्य 'प्रकास' भुसाल गजल by editorJanuary 6, 2018भाग लगाऊ पद नातेदारलाई, पुगे सालीलाई पनि बनाउ सांसद लैजाऊ माथि, भ्रष्ट र जालीलाई पनि हार्ने ठुस्स छन् झोक्राएका, जित्ने फुरुङग चंगासरी सोझा जनता सोझो मन, झुक्किए यसपालिलाई पनि
यहाँ नेपालको आफ्नै सूर्य 'प्रकास' भुसाल गजल by editorDecember 1, 2015यहाँ नेपालको आफ्नै, नाम चाहिएको छ हरेक नागरिकलाई, काम चाहिएको छ खै के बार्ता हुन्छ दिनहु, बन्द कोठाभित्र कोहीलाई राज्य, कोहीलाई गाम चाहिएको छ
म कसरी शुभकामना दिऊँ? सूर्य 'प्रकास' भुसाल गद्य कविता by editorNovember 1, 2015भत्केको घरको भित्ता टाल्न नपाउँदै गुमाएका आफन्त को पीडा भुल्न नपाउँदै म कसरी शिर ठाडो पारि हिड्न सक्छु र अनि तिमीलाई खुशी बनाउन दशै र तिहारको नाउमा म कसरी शुभकामना दिऊँ ?
आजकल मान्छे धेरै सूर्य 'प्रकास' भुसाल गजल by editorDecember 13, 2014आजकल मान्छे धेरै, कमाउन खोज्दै छ फगत ब्यर्थै बिलासीमा, रमाउन खोज्दै छ न चिन्ता छ भविष्यको, न सम्झन्छन बिगतलाई फेद ढाली टुप्पो, समाउन खोज्दै छ
गैडाकोटलाई गजलको, शहर बनाउनुछ सूर्य 'प्रकास' भुसाल गजल by ksJanuary 1, 2013गैडाकोटलाई गजलको, शहर बनाउनुछ सबको मनमा बस्न सक्ने, वहर बनाउनुछ खडेरीले सुकेका ,शेरका ती फाँटलाई सिंचित गर्न सृजनाको, नहर बनाउनुछ मुलुककै मध्ये भाग, भावनाको खानी यसमा निशा पछि आउने सुन्दर, प्रहर बनाउनु छ
तिम्लाई सम्झी नरोएको सूर्य 'प्रकास' भुसाल गजल by ksDecember 15, 2012तिम्लाई सम्झी नरोएको, कुनै दिन छैन तिम्रो साथमा बिताएको, कुनै छिन छैन नभेटेरै टाढा हुने, कस्तो भाग्य मेरो दियौ मुटु फिर्ता लग्यौ, कुनै रिन छैन