Skip to content

भाग लगाऊ पद नातेदारलाई


भाग लगाऊ पद नातेदारलाई, पुगे सालीलाई पनि
बनाउ सांसद लैजाऊ माथि, भ्रष्ट र जालीलाई पनि

हार्ने ठुस्स छन् झोक्राएका, जित्ने फुरुङग चंगासरी
सोझा जनता सोझो मन, झुक्किए यसपालिलाई पनि

खै के विकास होला बरै, सरकार गठनमै सकस हुदा
सम्झ चुनाब ताका तिम्रा भाषण, अनि जन-तालीलाई पनि

उठ्नु छ जुट्नु छ अघि बढ्नु छ हातेमालो गरी-गरी
छोप्दिनु छ अंग नांगाको भर्नु छ पेट खालीलाई पनि

अब एउटा यस्तो युगको शुरुवात, हुनै पर्ने छ यहीबाट
फूल फुलिरहदा बगैचामा, गर्व होस तेस्को मालीलाई पनि

सूर्यप्रकाश भुसाल
अध्यक्ष, सिर्जन साहित्य प्रतिष्ठान
गैडाकोट, नवलपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *