तिम्लाई सम्झी नरोएको, कुनै दिन छैन
तिम्रो साथमा बिताएको, कुनै छिन छैन
नभेटेरै टाढा हुने, कस्तो भाग्य मेरो
दियौ मुटु फिर्ता लग्यौ, कुनै रिन छैन
सोचेको थेँ गुलाब सम्झी, अंगाल्नेछ्यौ मलाई
फ्याकीदियौ फुटपाथमा, कुनै घिन छैन
साहस गरी पाइला चाले, एक्लै जिउछु भनी
जता टेके काडै भेटे, कुनै जमीन छैन
सबै भन्छन हिजो आज, कस्तो पागलप्रेमी सूर्य
न त भोक न त प्यास, कुनै चैन छैन
सूर्य ‘प्रकास’ भुसाल
गैडाकोट-६ नवलपरासी
