Skip to content

हरि किशोर कार्की

परदेश

शीर माथि राखी दिने हात हुँदैन परदेशमा
चौतारीमा बसी मिठो बात हुँदैन परदेशमा |
कामै काममा उस्तै लाग्छन बित्ने चारै प्रहर
बुझ्न सकिन आफैले मेरो बाध्यता कि रहर ||

सिरेटोले सुसेलिने प्रभात हुँदैन परदेशमा
झ्याउंकिरिको किर्कीट साथको साँझ हुदैन परदेशमा |
असारमा हिलो छ्याप्दा बैँश झन् मातिन्थ्यो
धानको बाला झुले संगै माया गासिन्थियो ||

ति दिनका झल्को दिने मात हुँदैन परदेशमा
दुख सुख बुझिदिने साथ् हुदैन परदेशमा |
कठोर श्रम भए पुग्छ मुल्य पा’को चुकाउन
मन दुखे पनि हस्नै पर्छ दुख लुकाउन ||

मन राख्ने सान्तवनाका खात हुँदैन परदेशमा
मानवता देखाउने दयालु जात हुँदैन परदेशमा |

मन पराउनु तिमीलाई भूल भएछ

मन पराउनु तिमीलाई भूल भएछ ,
मरो माया आखिरमा काँडा रहेछ |

माया पनि कस्तो होला मनै बिझाउने,
मनको भेल उर्ली आउदा परेली भिजाउने |
बुझ्ने कोसिस गरेनौ कि मेरो मिठो माया,
उज्यालोमै आउने रहेछ अघिपछि छायाँ |

मेरो माया

मेरो माया छरौँ भने संसारभरी पुग्छ,
छाती खोलि देखाउ भने माछापुछ्रे झुक्छ|
मेरा आँशु पोखु भने सगरमाथा डुब्छ,
मनको तिर्खा मेटाउ भने फेवा ताल नै सुक्छ |

परदेशी मन

परदेशी मनलाई कहाँ पो आउथ्यो दशैँ र तिहार,
सम्झन्छु बसी लाला र बाला हँसिलो मुहार ।
पोहोरको दशैँ सम्झदा आँखा रसाए टलपल,
दशैँ र तिहार ती बाबाआमा सम्झन्छु झल्झल ।

टिकामा थाप्ने त्यो मेरो निधार पसिनाले रुझेको,
यो दशैँ तिहार नआए हुन्थ्यो खै मन बुझेको ।
आमाले सोध्छिन हे छोरा दशैँ मनाईस कसोरी,
आमालाई ढाटे मनाए भनि मन रोयो बेसरी ।

तिमीले छोड्दा

तिम्रो साथको ईशारा पाएर, केहि पाएझै लागेथ्यो
एक्लो निराश जिन्दगीमा हरियाली छाएथ्यो
तिम्रो गमन संगै सबै खुशी गएछ
कति चाडो तिम्रो मेरो बाटो फरक भएछ |