Skip to content

शीर माथि राखी दिने हात हुँदैन परदेशमा
चौतारीमा बसी मिठो बात हुँदैन परदेशमा |
कामै काममा उस्तै लाग्छन बित्ने चारै प्रहर
बुझ्न सकिन आफैले मेरो बाध्यता कि रहर ||

सिरेटोले सुसेलिने प्रभात हुँदैन परदेशमा
झ्याउंकिरिको किर्कीट साथको साँझ हुदैन परदेशमा |
असारमा हिलो छ्याप्दा बैँश झन् मातिन्थ्यो
धानको बाला झुले संगै माया गासिन्थियो ||

ति दिनका झल्को दिने मात हुँदैन परदेशमा
दुख सुख बुझिदिने साथ् हुदैन परदेशमा |
कठोर श्रम भए पुग्छ मुल्य पा’को चुकाउन
मन दुखे पनि हस्नै पर्छ दुख लुकाउन ||

मन राख्ने सान्तवनाका खात हुँदैन परदेशमा
मानवता देखाउने दयालु जात हुँदैन परदेशमा |
दिन महिना वर्ष सधै एकै जस्तो लाग्ने
सुख भित्रिई दुख बाहिर कहिले होला भाग्ने ||

झ्याउरे अनि मादलुको झंकार हुदैन परदेशमा |
ममता अनि स्नेहको भण्डार हुदैन परदेशमा ||

Leave a Reply

Your email address will not be published. Required fields are marked *