Skip to content

भीष्म उप्रेती

धेरै माछाहरू

जाजरकोटको रिम्ना पुगेपछि गाडी लैजान मिलेन । सानी भेरी नदीको झोलुंगे पुल तरेर हिँड्न थाल्यौँ सानो ब्याकप्याक बोकेर । खोतारे पुगेपछि जीप पाइयो ।

कसरी कवि भयौ त ?

  • by

सेमिनार सुरु हुनै लागेको रहेछ। ढोका खोलेर म सुटुक्क भित्र पसेँ र सबैभन्दा पछाडिको लाइनको खाली सिटमा गएर बसेँ। यहाँ गैरमातृभाषामा लेखिएको साहित्यसम्बन्धी आफ्ना अनुभवहरू दुई जना साहित्यकारहरूले सुनाउने कार्यक्रम थियो।

स्वर्ग जाने बाटो

  • by

चामेको बिहान निकै जाडो थियो। सबेरै आँखा खुले पनि ओछ्यान छोड्न मनै नलाग्ने। तर, उठ्न ढिला हुँदा बाथरुम पाउन पालो कुर्नुपर्ने सम्भावनाले सुत्न दिएन। नुहाउन चाहन्थेँ। पानी छोएपछि त्यो उत्साह पनि मरेर गयो। कपालसम्म नुहाएँ जसैतसै।

तपाइँको पहाड कहाँ हो ?

  • by

‘तपाइँको पहाड कहाँ हो ?’ मैले धेरैपल्ट जवाफ दिइसकेको प्रश्न हो यो । कतिपल्ट यस प्रश्नलाई मैले अत्यन्त सामान्यरूपमा लिएको छु र जवाफ पनि त्यत्तिकै सामान्यरूपमा नै दिएको छु । यस प्रश्नको जवाफमा मैले सामान्यतया भन्ने गरेको कुरा हो – “मेरो पहाड ताप्लेजुङ जिल्ला हो, फूलबारी गा. वि. स. ।”

भोक

‘जीवन सधैँभरि सोझो बाटोबाट मात्र हिँड्दैन’- जीवनमा चालीसौँ वर्षसम्म हिँडेपछि ज्ञानको एउटा झिल्को झिलिक्क बलेको छ मभित्र । यस्ता झिल्काहरू सधैँ बलिरहुन् र जीवन जाज्ज्वल्य भइरहोस् भन्ने चाहन्छु सधैँ तर चाहनु र हुनु दुई अलगअलग कुराहरू हुन् । यदाकदा हुने यिनको मिलनबाट प्राप्त हुने आनन्द र सौन्दर्य मेरा बाँच्ने प्रेरणाहरू हुन्- भोक हुन् ।

सत्य र भ्रम

  • by

हामी कति सत्य बाँच्छौँ र कति भ्रम बाँच्छौँ जीवनमा ? अथवा हामीलाई बाँच्न कति सत्य र कति भ्रम चाहिन्छ ? म यिनै प्रश्नहरूको वरपिरि घुमिरहेको छु कति दिनदेखि । यसै प्रश्नको अल्झोमा अल्झन पुगेको छु र यो प्रश्न झन्झन् गहिरँिदै गएको देखेर झन्झन् अलमलिन थालेको छु । कहिलेकाहीँ त लाग्छ, म व्यर्थै यस्ता गहिरा र नचाहिँदा विषयहरूमा फसिरहेको छु । तर के गर्नु, यो फस्नु र निस्कनु आफूले चाहेर मात्र हुने विषय नभएपछि ।

मस्र्याङ्दी नदीको पानीजस्तै

हामी हिँडिरहेका थियौँ । जीवनको अर्थ पनि हिँड्नुमा नै छ । जीवनमा अर्थ खोजिरहने र अर्थकै वरिपरि घुमिरहन चाहने मान्छेले त झन् नहिँडी सुखै छैन । उसमाथि पनि हामी त जीवनका भागदौडका यावत् कुराहरूलाई थाँती राखेर हिँड्नकै लागि भनेर यहाँ आएका । त्यसैले मध्याह्नबाट पश्चितमतिर ढल्कँदै गएको घामसँगै हामी हिँडिरहेका थियौँ ।

सूर्यास्तअघि

  • by

जीवन त साह्रै सुन्दर रहेछ ।
सिङ्गै उमेर
तँछाडमछाडमै बित्यो
खेदो खनेर अर्कालाई
गाली गरेर अर्कालाई
काटेर रुखहरू
नासेर मूलहरू
अहंको कालोले
धमिल्याएर प्रेमको निर्मल पोखरी
सिङ्गै जीवन त
रिस, राग र ईष्र्यामै बित्यो ।

अतिथि देवो भवः

  • by

हामी दिपायलमा थियौ“ । हाम्रो लक्ष्य कपलदेही गाउ“ विकास समितिमा पुगेर सा“झ पुनः दिपायल नै र्फकने थियो । त्यसैले बिहानको कलिलो घामस“गै हि“ड्न थाल्यौ“ । २०५८ जेठ १५ गते सोमबारको कुरा हो यो ।
बाटो उकालो थियो । घाम विस्तारै गर्दै बेस्सरी तात्न थालेको थियो । उकालो बाटोमा हामीलाई छोप्न सीधै आइपुग्यो घामको प्रकाश । तर्तरी पसिना र्झन थालेपछि कुलपाते भन्ने ठाउ“को चौतारोमा पसिना ओभाउन्जेल बस्यौ“ । चौतारोको पीपलका पातहरूले कत्ति धेरै मायाले हम्केर हाम्रा पसिना सुकाइदिए । हामी फेर िउठेर हि“ड्न थाल्यौ“ ।