भीष्म उप्रेती
भोक
‘जीवन सधैँभरि सोझो बाटोबाट मात्र हिँड्दैन’- जीवनमा चालीसौँ वर्षसम्म हिँडेपछि ज्ञानको एउटा झिल्को झिलिक्क बलेको छ मभित्र । यस्ता झिल्काहरू सधैँ बलिरहुन् र जीवन जाज्ज्वल्य भइरहोस् भन्ने चाहन्छु सधैँ तर चाहनु र हुनु दुई अलगअलग कुराहरू हुन् । यदाकदा हुने यिनको मिलनबाट प्राप्त हुने आनन्द र सौन्दर्य मेरा बाँच्ने प्रेरणाहरू हुन्- भोक हुन् ।
सत्य र भ्रम
हामी कति सत्य बाँच्छौँ र कति भ्रम बाँच्छौँ जीवनमा ? अथवा हामीलाई बाँच्न कति सत्य र कति भ्रम चाहिन्छ ? म यिनै प्रश्नहरूको वरपिरि घुमिरहेको छु कति दिनदेखि । यसै प्रश्नको अल्झोमा अल्झन पुगेको छु र यो प्रश्न झन्झन् गहिरँिदै गएको देखेर झन्झन् अलमलिन थालेको छु । कहिलेकाहीँ त लाग्छ, म व्यर्थै यस्ता गहिरा र नचाहिँदा विषयहरूमा फसिरहेको छु । तर के गर्नु, यो फस्नु र निस्कनु आफूले चाहेर मात्र हुने विषय नभएपछि ।
मस्र्याङ्दी नदीको पानीजस्तै
हामी हिँडिरहेका थियौँ । जीवनको अर्थ पनि हिँड्नुमा नै छ । जीवनमा अर्थ खोजिरहने र अर्थकै वरिपरि घुमिरहन चाहने मान्छेले त झन् नहिँडी सुखै छैन । उसमाथि पनि हामी त जीवनका भागदौडका यावत् कुराहरूलाई थाँती राखेर हिँड्नकै लागि भनेर यहाँ आएका । त्यसैले मध्याह्नबाट पश्चितमतिर ढल्कँदै गएको घामसँगै हामी हिँडिरहेका थियौँ ।
अतिथि देवो भवः
हामी दिपायलमा थियौ“ । हाम्रो लक्ष्य कपलदेही गाउ“ विकास समितिमा पुगेर सा“झ पुनः दिपायल नै र्फकने थियो । त्यसैले बिहानको कलिलो घामस“गै हि“ड्न थाल्यौ“ । २०५८ जेठ १५ गते सोमबारको कुरा हो यो ।
बाटो उकालो थियो । घाम विस्तारै गर्दै बेस्सरी तात्न थालेको थियो । उकालो बाटोमा हामीलाई छोप्न सीधै आइपुग्यो घामको प्रकाश । तर्तरी पसिना र्झन थालेपछि कुलपाते भन्ने ठाउ“को चौतारोमा पसिना ओभाउन्जेल बस्यौ“ । चौतारोको पीपलका पातहरूले कत्ति धेरै मायाले हम्केर हाम्रा पसिना सुकाइदिए । हामी फेर िउठेर हि“ड्न थाल्यौ“ ।
