Skip to content

नारायण पोखरेल

प्रेम नजर

हेर्छु म ती नजर नजर ममा छ कि भनी
गर्छु पूजा म ती नजरलाई आफ्नै देव भनी
मिल्छ शीतलता ती नजरमा मधुर छाह मेरो
प्रीत रसमा डुबेको छ ती नजरको चाह मेरो

गहिराइ

म मनको धुनसँग जीवनको दर्शन खोज्छु
ब्योमको सागरमा मन्को शान्ति खोज्छु
अमोघ छ अनन्त हराइरहेको म खोज्छु
बिरह ताप पीडामा जीवनको गहिराइ बुझ्छु ।

पिंजर

आसरा छैन केहि निर्थक यो बाच्नु भो
मोह माया ब्यर्थ किन जग्मा साँच्नु हो
त्यागी जाने देह प्यारो बिरसाउने माटो खुस्बु
सडेर जाने पिन्जर्को बिते बर्षाउने आँशु हो

ए ट्याक्सी दाइ

ए ट्याक्सी दाइ
जाउँजाँउ हरर मीटर कुँदाउदै
बाटो समाउदै
सत्य बोली मिठो लय गीत सुनाउदै

पहिले थिएन मोल तोल मीटर बढाउने
गाह्रो सारो मान्छेलाई बन्धक बनाउने
पढे लेख्या कमै थिए सबै रमाउने
जगलाई दिन्थ्यौ सन्देश राम्रो देश बनाउने

जीवन गाथा

साची मृत्यु म बाँचेछु यही जीवन आधार
अब्यक्त्त छ प्यास मेरा यही मेरा भाव धार
रक्त्त रक्त्त हेलिएछ आत्मा गर्छ पुकार
मन माफिक खोज्ने किन पाइन्न जब संसार

तिमी तिमी खोज्छु

हिजो हराएछौ तिमी आइनौ आश लिई बसें
आइनौ कल्पनामा भावनामा मुटु बिछ्याई बसें
मनभित्रका तरङ्का हर धारमा खोजें
मुटुका चलने तिम्रा हर चाल्मा खोजें

CC93F4B2-C203-4782-A6A5-507B1640295B

जीवन रथमा

लामु यात्रा जिवनको छोटा छोटा स्मृती छन
कत्ती रहर कत्ती कहर चोट सबै। भन्दाछन
डाँडा काडा उकाली ठुला भीर भिराली
गदगदाउ थियो जिवन हिंडदा नी ओराली

वहार थियो सुन्दर सपना थियो परीश्रम वाली
दुख पिर पिडा सारा लाग्थियो सब हरीयाली
थियो चेतन माया मोह जीवनका थीर दृष्टी
फल्थे तेस्मा मधुमया रस्का शात सुन्दरर वस्ति

चैन सबै ती मनोहर जिवन उदवेग आज साथ
गलित मनले भन्छ आज थिय सब ती रित्ता हात
जानु कहाँ गर्नु के नव चेतन हुने उजागर र्
पर्खि कही साथी मृत्यु बस्नु कती गर्नु यो दुारग्रह

मेरो लासमा

लासका भीडमा पाउछौ तिमी
मेरै लास कात्रोमा
हाँसिरहेको चित्कार

खुला खुला आँखा
भावबिभोर मनमा
पोखिरहेछ रिस
समाजमा देशमा
आफन्त र परिवारमा

107A8B6D-FFAF-4354-A6D2-966F787EBD25

रूप प्रियसीको

कात्रै को रुप भयौ तिमी
साथ ली हिडी रहेछौ
जिन्दगी भाकेर पासो गर्दन
तिमी कसी रहेछौ

के भनुँ म प्रियसी
के भनुँ म प्रीत
नाम उसैको ली
मलाई रेटी रहेछौ

जीवन रहित जीवन

मर्दै छु म लास भयर
शुभाष बिहिन चाह भयर
गरी रहेछु समर्पण
जीवन यो तार तार भयर

जागा छन आँखाहरु
दुखछ मन प्यार भयर
उहापोह भोगी रहेछु
जीवन यो वर्वाद भयर