Skip to content

नारायण पोखरेल

निस्वार्थी म पाऊँ कहाँ ?

मेरो दुखमा खुसी हुने
के जिन्दगीको कुरा गरुँ
इर्षा द्वेश डाह बोल्छ
के बाणी म मधुर बोलुँ
जग के हो के रीत भो
शान्ति खोजौं अब कन्हाँ
स्वार्थ प्यारो सबको
निस्वार्थी म खोजौँ कहाँ

विच(beach) मा

नग्नता भरिएको बिच्(beach)को यो सौन्दर्यता
रम्न बसेको छु, म हेर्दै छालको ब्यग्रता
बहाउ झैं गर्छ छोइ पाउसम्म छाल्
नीलिमाबाहिर चाँदनी छ टम्म जाल्

कुरूपता

नहेरूँ भन्छु यो कुरुपता
देशको अस्तव्यस्तता
पलायन छन् युवकहरू
बृद्धाको कारुणकता

व्याभिचारमा बाँचेका छन् राज्य
यसका सञ्चालकहरू
मासेर कानून र न्याय
लिएका छन् राक्षसी संकल्पहरू

असहाय नारी पिडा

सुख पनी छ दुख पनी छ
जीन्दगी कहर पनी छ रहर पनी
छ हिजो
भोली छ
मन भरी फुल र
गोली पनी छ
छ नरम बिस्तर हरु
काँडा , सुल हरु पनी छ
चेतन अचेतन दोष मन्का
प्रीती फुल्ने रंग छ
यस्तै कुरुप जीन्दगी
न बुझिने ढङ पनी छ
कहिले दङ
नौ रङ छ
खिल्चन यादमा नब रंग पनी छ
बेहोसी मन कोई साथी संग छ

यातनका संग योवन को मर्दन
छिया छिया छाती
जल्दो रैछ जलन
साथ छाडछन सबै जन
मधुमया हुन्न किन सब दीन ?

राजनीति

दिलमा पनि धार रहेछन्
नीति राजका वार रहेछन्
छलौं भनी बोल्न खोज्दा
रोक्छ मुटु जोड पर्दा

घटाउ जोड के के पो हुन्छ
आफ्ना पराया मोलतोल हुन्छ
विकास आफ्नै किन हो सोच्ने
लुच्चो जाली सब धर्म छोडने

आसन्न समय

चुँदिएका हुन्की झुन्डिएका मन अँध्यारो पोखिरहेछन्
उज्यालोका छिर्काहरू बदनदेखि टाढा भैरहेछन्
असरल्ल सोचहरू खोज्छन धृढताहरू
प्यासो मन बचन कर्मका खोजिरहेछन् लेखाहरू
टुस्साउनन किन पालुवा मन कम्जोर भएछन
दिने कस्ले त्यो ढाढस दिने चुप बोल्दैनन्

नांगो बादशाह हेरिरहेछन्

आज शून्यताका भार छन्
न्यायलय शून्य छ
जितौं कि हारौं
हनुमान बनेको छ दलको

राजनीति दलगत न्यायलय दलगत
छैन दृष्टि बृहत
पंगु छ अस्तव्यस्त
चेतना बाहिरिंदै छ

न झुकौं

आज झुके नेपाली सधैं झुक्नु पर्ला
पुर्खा अर्जित नेपालित्व पनी डुब्ने होला
ज्यानमारा दास बृती मा राष्ट्रा के पो रहला
जाग अब सुते जती सन्तान खुसी होला

यो प्रेम भनेको

तिमी एक्लै म एक्लै
हामी एक्ला एक्लै
माया गरी गरिरहेछौ
हो कि होइन छुट्ट्याउने कस्ले
हामी भाखा फेरिरहेछौ
देख्नेले देख्छन
हेर्छन आँखाहरुमा

देश दुख्छ मलाई

देश दुख्छ मलाई देश लेख्छु म ता
किन भए भ्रष्टाचारी हाम्रा सारा नेता

आफ्नै लागि गर्छन जोह दल दल भन्छन
देश सधैं किन होला दल्दलमा हाल्छ्न

मेरो कथा छ

सुन्छौ म भन्छु मेरो पनी कथा छ
आफन्तले सताएको मेरो पनी ब्यथा छ्
मुटु फुट्छ बोल्दा भित्र भित्रै के था ‘ छ
निस्कन्न ती किन किनकी अथाह छ
सुन्छौ म भन्छु मेरो ………..,…..

देश छ भताभुङ खाने मात्र भुँडी छ्
मार्छन जनाता यहाँ सर्वहाराकै खुँडी छ
काटी कैयों वसी सत्ता रजाई ती गर्दै छन
पठाइ युवा वीदेशमा मोज तीनी गर्दै छन

सुनाउ कन्हा के म यस्तै यस्तै कथा छ
भनौं के यन्हा म नेपालिकै ब्यथा छ

मेरो गीत को आवाज हौ

मेरो गीत को तिमी आवाज हौ
मेरो धुन्को तिमी साज हौ
तरङ ले बोल्दछ मन मेरो
मेरो मन्को सरताज हौ

फुलका सुगन्धहरुमा
प्रकृतिका रंगहरुमा
खिल्दछौ तिमी नै तिमी
मेरा हर तरंगहरुमा

जुनको ज्योत तिमीमा
हुन्छ मेरो कम्पन संग
मेरो माधुर्य हिस्सी स्वर
गद गद म तिम्रो विभोर संग

चेतन मन यो झुल्छ तिमी मा
हर दिन रात भुल्छ तिमीमा
यादका सव परिवेसहरु
म खोजछु हुनछु तिमीमा

न झुकौं गई तलतिर

छर्छ हाम्रो राष्ट्र माधुर्य चारैतिर
दिन्छ हिमाल आर्य भाव मुस्कान्ले तलतिर
हिम नदी हाम्रा भन्छ हामी छौं जलका धनी
कामी कुर्‍र क्षुद्र गर्छ हाम्रो नै दोहनी

नव वर्ष -यो हुर्मत को गान

नव बर्ष को सौगात हर बर्षलाई
पहीरो लागेको घर खेत नेपाली हर्ष लाई

प्रचण्डे ज्यानमाराको रजाँई उ राजा
यो नव बर्ष नेपाली को सजायँ खाजा

भत्केका घरछन छ भुकम्प बाढी
न भो सुधार केही नेपाली छन खाडी

कुरा ठुला मधेसी देउवा जाली
देस अचानु बनाउछन चोर्छन फाली

उन्लाई बर्ष नयाँ रति छैन स्वाभिमान
कसरी कन्हाँ गाउ म यो हुर्मत को गान

याचना

यो मन बुझाइदिने केही छ कि
दिन्छौ कि लज्जा तिमी
मुस्कान ती ओठका
छर्छौ कि मैमा पनि
माधुर्य छ हिस्सी
मग मगाइरहेछ सारा
आकास निल छ
जग्मग चम्किरहेछौ सितारा

म संग रम्छौ कि तिमी ?

मेरो चाहतमा आउछौ कि तिमी
मेरो जजवात्मा आउछौ कि तिमी
छु म अंध्यारो मा बन्द कतै
कतै उज्यालो छर्छौ कि तिमी

एक्लो छु न पाएर साथी
कतै साथी बन्छौ कि तिमी
भुली आफु भुलाई सारा
म संग रम्छौ कि तिमी