नारायण पोखरेल

जलनमा

आँधी छ मन भरी छैनउ तिमी साथ
लहराइ रह्यो हात मेरो पाउन तिम्रो हात
मन भरी उदासी का बल्दा ठुला ज्वाला
भष्म बन्ला देह मेरो जलन यो छँदा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चाहना

उदास छ मन पनी अब्यक्त्त छ भावना
आउ देउ साथ यही हो चाहना
कुसुम हौ फक्रन्छौ शुभाष छर्दछौ तिमी
लट्ठी रहेछु म खुसी मनाउन तिमी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ए ट्याक्सी दाइ

ए ट्याक्सी दाइ
जाउँजाँउ हरर मीटर कुँदाउदै
बाटो समाउदै
सत्य बोली मिठो लय गीत सुनाउदै

पहिले थिएन मोल तोल मीटर बढाउने
गाह्रो सारो मान्छेलाई बन्धक बनाउने
पढे लेख्या कमै थिए सबै रमाउने
जगलाई दिन्थ्यौ सन्देश राम्रो देश बनाउने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रित

आशा दीप वाली साथ आइ कोइ सहेली
छम छम रहरका खनक खनकाइ छर्छन माधुरी
ह्रीदय स्पर्स गर्छिन उनि त आइ ती आतुरी
खिल्छन अङ मा सोन्दर्य बज्छ प्रेम बाँसुरी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जीवन गाथा

साची मृत्यु म बाँचेछु यही जीवन आधार
अब्यक्त्त छ प्यास मेरा यही मेरा भाव धार
रक्त्त रक्त्त हेलिएछ आत्मा गर्छ पुकार
मन माफिक खोज्ने किन पाइन्न जब संसार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तिमी तिमी खोज्छु

हिजो हराएछौ तिमी आइनौ आश लिई बसें
आइनौ कल्पनामा भावनामा मुटु बिछ्याई बसें
मनभित्रका तरङ्का हर धारमा खोजें
मुटुका चलने तिम्रा हर चाल्मा खोजें

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
CC93F4B2-C203-4782-A6A5-507B1640295B

जीवन रथमा

लामु यात्रा जिवनको छोटा छोटा स्मृती छन
कत्ती रहर कत्ती कहर चोट सबै। भन्दाछन
डाँडा काडा उकाली ठुला भीर भिराली
गदगदाउ थियो जिवन हिंडदा नी ओराली

वहार थियो सुन्दर सपना थियो परीश्रम वाली
दुख पिर पिडा सारा लाग्थियो सब हरीयाली
थियो चेतन माया मोह जीवनका थीर दृष्टी
फल्थे तेस्मा मधुमया रस्का शात सुन्दरर वस्ति

चैन सबै ती मनोहर जिवन उदवेग आज साथ
गलित मनले भन्छ आज थिय सब ती रित्ता हात
जानु कहाँ गर्नु के नव चेतन हुने उजागर र्
पर्खि कही साथी मृत्यु बस्नु कती गर्नु यो दुारग्रह

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
107A8B6D-FFAF-4354-A6D2-966F787EBD25

रूप प्रियसीको

कात्रै को रुप भयौ तिमी
साथ ली हिडी रहेछौ
जिन्दगी भाकेर पासो गर्दन
तिमी कसी रहेछौ

के भनुँ म प्रियसी
के भनुँ म प्रीत
नाम उसैको ली
मलाई रेटी रहेछौ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जीवन रहित जीवन

मर्दै छु म लास भयर
शुभाष बिहिन चाह भयर
गरी रहेछु समर्पण
जीवन यो तार तार भयर

जागा छन आँखाहरु
दुखछ मन प्यार भयर
उहापोह भोगी रहेछु
जीवन यो वर्वाद भयर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जीवन

न तडपाउ अब यादमा अब मुटु हुन्न
जपी माया तिम्रै घाउ ले पनी छुन्न
चिथरा चिथरा जिन्दगी को भरोसा नै हुन्न
कहिले छुट्छ धागो चङ्गा झरी दीन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

निस्वार्थी म पाऊँ कहाँ ?

मेरो दुखमा खुसी हुने
के जिन्दगीको कुरा गरुँ
इर्षा द्वेश डाह बोल्छ
के बाणी म मधुर बोलुँ
जग के हो के रीत भो
शान्ति खोजौं अब कन्हाँ
स्वार्थ प्यारो सबको
निस्वार्थी म खोजौँ कहाँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विच(beach) मा

नग्नता भरिएको बिच्(beach)को यो सौन्दर्यता
रम्न बसेको छु, म हेर्दै छालको ब्यग्रता
बहाउ झैं गर्छ छोइ पाउसम्म छाल्
नीलिमाबाहिर चाँदनी छ टम्म जाल्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कुरूपता

नहेरूँ भन्छु यो कुरुपता
देशको अस्तव्यस्तता
पलायन छन् युवकहरू
बृद्धाको कारुणकता

व्याभिचारमा बाँचेका छन् राज्य
यसका सञ्चालकहरू
मासेर कानून र न्याय
लिएका छन् राक्षसी संकल्पहरू

  •  
  •  
  •  
  •  
  •  
  •  
  •