Skip to content

प्रेम कौशल

हन्डर मैले खाएको छु

जीवनमा हन्डर मैले खाएको छु कति कति ।
नभुल्ने ती दु:ख कस्ट पाएको छु कति कति ।

सुख कतै मिल्ला भन्दै भौतारिदा जहीतही
दु:ख पर्दा मन्दिरमा धाएको छु कति कति ।

जीवनदेखि थाकिसके तिमीलाई गुमाइसके
यस्तै गीत मैले पनि गाएको छु कति कति ।

आँफै पैसा छाप्न सकिन ।

गजल

आफ्नै मुटु आगो बाली ताप्न सकिन ।
छुट्टीएर जाने मन गाब्न सकिन ।

धन देख्यौ ठुलो कुरा माया चाहिनौ
तिम्रो लागि आँफै पैसा छाप्न सकिन ।

बिछोडले मन चर्की आँखा रसिदा
बग्ने आँसु अंन्जुलीमा थाप्न सकिन ।

जती चोट दिन्छौ तिमी लिन्छु हाँसेर
आसिश नै दिन्छु म सराप्न सकिन ।

आँफै सामु ल्याउँ भन्छु जान्छौ टाढेर
भावनाको दुरी हाम्रो नाप्न सकिन ।

प्रेम कौशल

मान्छेको बिक्री हुनु हुँदैन

पशु जस्तै मान्छेको बिक्री हुनु हुँदैन
हात खुट्टा बाँधिने सिक्री हुनु हुँदैन

नहुने त्यो के छ, नारी गर्न नसक्ने ?
परी आए गर्छन सबै फिक्री हुनु हुँदैन

मान्छे सबै एउटै, जात किन फरक?
नमिल्ने यी कुराको जिक्री हुनु हुँदैन

PremKaushal

हेला गरेको मान्छे !

कसैले हेला गरेको मान्छे म ।
हेलाले पछि परेको मान्छे म ।

छि-छी र दुर गर्छन मलाई
ठान्छन जात झरेको मान्छे म ।

मन्दिर मुर्ती बिरानो बनेछ
सस्कार कर्मै हरेको मान्छे म ।

सम्झी रुन्छु अचेल

हेर्दा यतै भए पनि कता कता हुन्छु अचेल
रात सँगै एकान्तमा उनी सम्झी रुन्छु अचेल

माया दिदा पीडा मिल्ने विश्वास गरे फेरि धोका
त्यसैले त पीडा सबै आँशुले नै धुन्छु अचेल

नगरेको बात लायौ हिड्दा हिड्दै साथ छाड्यौ
बदनामी धोके बाज यस्तै यस्तै सुन्छु अचेल

भोकले मर्नु हुदैन कोही ।

गजल

अन्याय गर्नु हुदैन कोही ।
भोकले मर्नु हुदैन कोही ।

धर्तिमा सबै बाँच्नै त पर्छ
जालमा पर्नु हुदैन कोही ।

बोल्नेको पिठो बिकोस तर
भ्रमै त छर्नु हुदैन कोही ।

मायाले हामी सं-सगै बसौ
घृणा सर्नु हुदैन कोही ।

को सानो ठुलो?मान्छे हौ सबै
जातले झर्नु हुदैन कोही ।

प्रेम कौशल
दक्षिण कोरिया

फक्रेर फूल झरेको देखेँ

फक्रेर फूल झरेको देखेँ ।
सृष्ट्रिले आँफै हरेको देखेँ ।

ईश्वर किन निर्दयी बन्छ
सबैको जीवन मरेको देखेँ ।

पापले कुण्ड भरेको मान्छे,
ढुङ्गाको पाउ परेको देखेँ ।