जीवनमा हन्डर मैले खाएको छु कति कति ।
नभुल्ने ती दु:ख कस्ट पाएको छु कति कति ।
सुख कतै मिल्ला भन्दै भौतारिदा जहीतही
दु:ख पर्दा मन्दिरमा धाएको छु कति कति ।
जीवनदेखि थाकिसके तिमीलाई गुमाइसके
यस्तै गीत मैले पनि गाएको छु कति कति ।
यौटा खुशी तिमी थियौ मन दुखाई गयौ किन?
जिन्दगीमा तिम्रो साथ चाहेको छु कति कति ।
बाँच्नै गार्हो हुन्छ किन मन मरिसकेपछि
मृत्यु खोज्न सम्सानमा आएको छु कति कति ।
प्रेम कौशल
