पशु जस्तै मान्छेको बिक्री हुनु हुँदैन
हात खुट्टा बाँधिने सिक्री हुनु हुँदैन
नहुने त्यो के छ, नारी गर्न नसक्ने ?
परी आए गर्छन सबै फिक्री हुनु हुँदैन
मान्छे सबै एउटै, जात किन फरक?
नमिल्ने यी कुराको जिक्री हुनु हुँदैन
ब्यवहारिक शिक्षाको उच्च राखौ शान
ज्ञान सुन्य कागजी डिग्री हुनु हुँदैन
घाम जस्तै छर्लंग सत्य बाहिर होस
गाँठी कुरा अर्कै त्यो भित्री हुनु हुँदैन
प्रेम कौशल
