Skip to content

हेला गरेको मान्छे !

PremKaushal


कसैले हेला गरेको मान्छे म ।
हेलाले पछि परेको मान्छे म ।

छि-छी र दुर गर्छन मलाई
ठान्छन जात झरेको मान्छे म ।

मन्दिर मुर्ती बिरानो बनेछ
सस्कार कर्मै हरेको मान्छे म ।

सहन्न अब अन्यायी चलन
ज्वाला भै अगी सरेको मान्छे म ।

काँ गल्थ्यो अब विश्वास मनको
मुक्तिको बीज छरेको मान्छे म ।

प्रेम कौशल
नवलपरासी, लुम्बिनी
हाल : दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *