गजल
अन्याय गर्नु हुदैन कोही ।
भोकले मर्नु हुदैन कोही ।
धर्तिमा सबै बाँच्नै त पर्छ
जालमा पर्नु हुदैन कोही ।
बोल्नेको पिठो बिकोस तर
भ्रमै त छर्नु हुदैन कोही ।
मायाले हामी सं-सगै बसौ
घृणा सर्नु हुदैन कोही ।
को सानो ठुलो?मान्छे हौ सबै
जातले झर्नु हुदैन कोही ।
प्रेम कौशल
दक्षिण कोरिया
