एक शिक्षकको शिक्षाविद्लाई प्रश्न
श्रीमान् शिक्षाविद्ज्यू,
मेरो नजरमा विद्यार्थीले तोकिएका कुराहरू समेटिएको पुस्तक मात्रै पढ्नै पर्छ भन्ने छैन । त्यसकै आधारमा फरक जानकारी लिन सकिन्छ । सबै प्रश्नको एक नासको उत्तर हुनुपर्छ भन्ने छैन । प्रश्नको प्रकृति र परिवेशअनुसार फरक धारको उत्तर पनि हुन सक्छ । अत: म उत्तरकुञ्जिकालाई अन्धाधुन्ध स्वीकार्ने पक्षमा छैन । प्रत्येक सिकारुमा फरकफरक प्रतिभा मडारिइरहेको हुन्छ । आफ्नो बौद्धिकताको भारी बिसाएर त्यसको मुण्टो निमोठ्ने अपराध गर्न चाहन्न । यसको अर्थ म कक्षामा पढाउन हैन समय कटाउन जान्छु भन्ने अर्थ बुझ्नु हुन्न । म त उनीहरूको सहयोगी मित्र भएर जान्छु ।
