आजका नेपाली विद्यालयमा मूल्यशिक्षा र ध्यानको महत्व
हरेक शिक्षकले आफ्ना विद्यार्थीहरू असल बनून भन्ने चाहन्छन् अनि हरेक अभिभावकले पनि आफ्ना सन्तानहरू राम्रा बनून भन्ने चाहना राख्नु स्वभाविकै हो तर आज ती कोमल मस्तिष्कका बालबालिकाहरूलाई हामीले कस्तो शिक्षा दिइरहेका छौं, त्यो पक्ष विचारणीय छ । एउटा बिरुवा रोपेपछि त्यसलाई सप्रनका लागि नियमित रूपमा मलजल गर्नु पर्ने हुन्छ तर त्यो मलजल हामीले बिरुवाको जरामा गर्नुको साटो बिरुवाको पातमा हालेर हुँदैन । बिरुवाको जरामा मलजल गर्नु र पातमा गर्नु धेरै फरक पर्छ ।