Skip to content

छोरी–चेली पीडा तिम्रो


छोरी–चेली पीडा तिम्रो ताल बन्नुपर्छ
युग नयाँ दिने तिमी काल बन्नुपर्छ ।

घरसर तिमीलाई अपमान भए
बगाउन सारालाई छाल बन्नुपर्छ ।

थोपा कुनै आँसु तिम्रो मूल्यहीन हुँदा
चुक्ता गर्न मूल्य आफ्नो जाल बन्नुपर्छ ।

रखौटी भै दास बनी जहाँ बाँच्नु परे
तिम्रा हात बन्दुकको नाल बन्नुपर्छ ।

कविलासा–७, सप्तरी
हाल–ह्यापील्याण्ड उमावि, सप्तरी–४, सप्तरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *