बिराही लामा
आफ्नै मान्छे यहाँ,ढुङ्गा परेको देखें !
आफ्नै मान्छे यहाँ,ढुङ्गा परेको देखें
दुःखमा साथ् छोडी,टाढा सरेको देखें
ओ,हो चोट परेछ नि,बरै भनि भनि
मौकाहेरी त्यै’घाऊमा,नून छरेको देखें
छुरा पो बरु उत्तिधार,देखिन है.. मैले
जति धार बचन आफ्नैले गरेको देखें
मन’फाट्ने छुवाछुत,रच्ने आफ्नै मान्छे
काडा’जस्तो उभिएर,बाटोमा बसेको देखें
चिल्लो बोलि घस्दै, ओठको हाँसो छर्दै
गोवान ले ठुँगे जस्तै,बिष भरेको देखें
बिराही लामा
लम्जुङ्ग सिम्पानी-९
बगैचा
हाल-साउदी हाईल
यो दुनियाँ बाट मलाई,बैरीले चुँढायो भने !
यो दुनियाँ बाट मलाई,बैरीले चुँढायो भने
संसार मैले छोड्नै पर्छ,दैबले उठायो भने
तिम्रो सिउँदोमा सिंदूर,बनेर फूल्दा फूल्दै
म’हराउन कर लाग्छ,आँधीले उढायो भने
मेरो प्यारो तिमी हौ,म प्यारो दैवको भए
नरुनु है रोएर हुन्न,तक्दीरले लडायो भने
वार्तालव भेट घाट,फेरी होला कि न होला
दिन र दसाले छोपी,हामीलाई छुटायो भने
घरबार छोरा र छोरी,ईष्टमित्र धानी बस्नु
म तिमी बाट खोसेर,कालले सजायो भने
बिराही लामा
लम्जुङ्ग-सिम्पानी-९
बगैचा
हाल-साउदी हाईल
कस्ले दियो हक तिम्लाई,योदर्द लुकाएर आउने !!
एक्लै एक्लै तिमी मात्रै ,आसु पोखाएर आउने
कस्ले दियो हक तिम्लाई,योदर्द लुकाएर आउने
हासाएर मलाई सँधैभरि,तिमीआसु पुछ्दैपुछ्दै
आफूलाई मात्रै दुःख र पीडामा डुबाएर आउने
कस्ले दियो हक तिम्लाई,योदर्द लुकाएर आउने
फूल जस्तो भावलाई कस्ले भन्यो र पथ्थर छ
जो’तिमी शिशातोडे झैँ,आफैलाई फुटाएर आउने
कस्ले दियो हक तिम्लाई,योदर्द लुकाएर आउने
फैसला त् फूलको पनि,भूल हुन्छ नहुने त् होइन
भूलभयो भन्दैमा माया,गर्नेलाईनै छुटाएर आउने
कस्ले दियो हक तिम्लाई,योदर्द लुकाएर आउने
खायो कसम जिउने मर्ने,सँग सँगै हामि भनेर
नसोधी एक्लै त्यो कसम,बाँधेको टुक्राएर आउने
कस्ले दियो हक तिम्लाई,योदर्द लुकाएर आउने
याद यादै हुन्छ,भुल्छु भनि हुँदैन!!
धारले मुटु रेटी,फुल्छु भनि हुँदैन
याद यादै हुन्छ,भुल्छु भनि हुँदैन
दिवारको ढुँगाझैँ,ठोकी कर्म पोखे
थोरै टिपी फेरी ,चुल्छु भनि हुँदैन
आकाशको बादल,जूनलाई ढाकेको
कालो च्यादर म,खुल्छु भनि हुँदैन
प्यास प्यासै हुन्छ,कलकल लाउने
भुलेर प्यास लाई,डुल्छु भनि हुँदैन
बिराही लामा
लम्जुङ्ग-सिम्पानी-९
बगैचा
हाल-साउदी हाईल
